अब कस्तो बन्नेछ नारायणगढ–बुटवल सडक ? कसले पाउने ठेक्का ?

दुईवटा प्याकेजमा निर्माण, कहिले हुन्छ आयोजना पूरा ?
निर्माण सञ्चार, काठमाडौँ | नारायणगढ–बुटवल सडकखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सम्पन्न भइसकेको यो आयोजनाका दुई वटै प्याकेज चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाउने भएको छ ।

विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भईकसकेको यस आयोजनाको जिम्मा सो कर्पोरेसनले पाउने पक्का भएको हो ।

सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले भने प्राविधिक रुपमा पास भएका कम्पनीको आथिर्क प्रस्ताव खोलिसकेको छ ।

जसमा सबैभन्दा कम रकम कबोल गर्नेले मात्रै ठेक्का पाउने नियम रहेको छ ।

सोही नियमअनुसार चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नै दुबै प्याकेजमा जिम्मा पाउने करिब निश्चित भएको विभागका एक उच्च अधिकारीले दाबी गर ।

ती अधिकारीले भने ‘अब हामी आर्थिक प्रस्तावको जानकारीसहित एडीबीमा पत्र पठाउँछौं, एडीबीको स्वीकृति हुनासाथै कम्पनीसँग सम्झौता भएर आयोजना कार्यान्यवनमा जान्छ ।’

उक्त आयोजनामा प्राविधिक रुपमा सफल भएका सात वोटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा रहेका थिए ।

चाइना स्टेटले नै किन पाउने ठेक्का ?

यस आयोजना अन्तर्गतका दुईवटै प्याकेजको ठेक्कामा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा कम रकम कबोल गरेको छ ।

यसकारण चाइना स्टेटले नै ती दुईवटा प्याकेजको ठेक्का पाउने सम्भावना रहेको हो ।

उक्त चाइनिज कम्पनीले प्याकेज–२ अन्तरगतको ठेक्कामा ७ अर्ब ८६ करोड रुपियाँको आर्थिक प्रस्ताव गरेको छ ।

सो प्याकेजमा सबैभन्दा धेरै टप इन्टरनेशनल इन्जिनियरिङको ९ अर्ब ५६ करोड रुपियाँसम्मको ठेक्का रकम कबोल गर्दै प्रस्ताव परेको विभागले जानकारी दियो ।  

कस्तो बन्नेछ नारायणगढ बुटवल सडकखण्ड  ?

हाल दुई लेनको नारायणगढ बुटवल सडकखण्डलाई विभागले ४ लेनको बनाउन लागेका छ । यसअघि विभागले यो सडकखण्डका लागि करिब १६ अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको थियो ।

यो सडकखण्ड विस्तारका लागि विभागले एडीबीबाट ऋण सहयोग समेत लिन लागेको छ ।

चार लेनको बनाइने यस सडकको २/२ लेनको बीचको भाग मा भने ‘ग्रीनरी’का लागि खाली ठाउँ छोडिने विभागको भनाई छ । उक्त भागमा बिरुवा रोपिने बताइएको छ ।

विभागका अनुसार विस्तारित सडक दुईतर्फ नै सात/सात मिटरको हुनेछ ।

जसअनुसार एउटा लेन ३.५ मिटरको हुनेछ ।

‘सर्भिस लेन’ पनि बनाइने !

सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । यस सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ बनाउने विभागको तयारी रहेको छ ।

यो सडक २८ किलोमिटरको हुनेछ ।

जसमा त्यस्ता ‘सर्भिस लेन’ ७ मिटरको हुने विभागले जानकारी दियो ।

यसले राजमार्ग क्षेत्रमा शहरी आकर्षण बढाउनका साथै यात्रुलाई सजिलो बनाउने विश्वास लिइएको छ ।

दुईवटा प्याकेजमा निर्माण

नारायणगढ–बुटवल सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ ।

१ सय १५ किलोमिटरको यो सडकअन्तर्गत नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज रहेको छ ।

सो खण्ड विस्तार सम्पन्न गर्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान लिइएको छ ।

आयोजनाका अनुसार बुटवल–नारायणगढ खण्डको पुरै भाग ४ लेनको भने हुँदैन । जसअनुसार दाउन्नेको उकालो र ओरालो भाग ३ लेनको मात्रै हुने भएको हो ।

दाउन्नेको करिब १२ किलोमिटर सडक ३ लेन मात्रै हुने आयोजनाले बतायो ।

...

शुक्रबार, १२ असोज २०७५ 

प्रतिक्रिया

Related