पर्यटन व्यवसायमा पनि सिन्डिकेट: स्थानीय सरकार समेतको मिलोमितो !

पदयात्रा सहयोगीमाथि गरेको अन्याय प्रति टानको गम्भीर ध्यानाकर्षण
निर्माण सञ्चार, काठमाडौँ | पर्यटन व्यवसायभित्रै सरकारको मिलोमतोमा ‘सिन्डिकेट’ भएको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले गम्भीर ध्यानाकर्षण गरेको छ ।

अन्नपूर्ण तथा मनास्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लबसहित स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागू गरी पदयात्रा सहयोगीमाथि अन्याय गरेकोप्रति टानले ध्यानाकर्षण गरेको हो ।

‘पदयात्रा सहयोगीले खाना खाँदा पनि नखादाँ पनि २०० रुपियाँ लिएर पदयात्रा सहयोगीमाथि व्यापक ठगी गर्ने कार्य भएको तर्फ नेपाल सरकार समेतको ध्यानाकर्षण गराउन चाहन्छौं’ टानले भन्यो ।

पर्यटकीय मौसम सुरु हुनसाथ अराजक तरिकाले गरिएको त्यस्ता गतिविधिले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने बताउँदै टानले तुरुन्त यो कार्यको अन्त्य गर्न त्यस क्षेत्रका व्यवसायी एवं सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

साथै सम्बन्धित निकायसँग कडा निर्देशनको माग गरेको छ । टानले नेपाल सरकारले घोषणा गरेको Visit Nepal 2020 लाई समेत यस्ता क्रियाकलापले गम्भीर तथा दिर्घकालिन असर पार्ने बताएको छ ।

‘सोहीकारण सिघ्र समस्याको समाधान गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौँ’, टानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

...

शुक्रबार, १२ असोज २०७५

प्रतिक्रिया

Related