अल्फानद्वारा एकाउन्ट तालिम

‘परिवर्तित कर, साधारण लेखा तथा आधुनिक एकाउन्टिङ सफ्टवेयर’तालिम
निर्माण सञ्चार, काठमाडौँ।  आल्मुनियम व्यवसायी संघ नेपाल (AlFAN)  द्वारा दिइएको ‘सदस्यहरुलाई बेसिक एकाउन्ट म्यानेज्मेन्ट तालिम’ सम्पन्न भएको छ ।

अल्फानले परिवर्तित कर, साधारण लेखा तथा आधुनिक एकाउन्टिङ सफ्टवेयरको बारेमा तालिम
दिएको थियो ।

सरकारद्वारा हालै परिवर्तित कर प्रणाली सम्बन्धी जानकारी र व्यवसायमा आधुनिक सूचना प्रविधिको प्रयोग बढाउने उद्धेश्यले तालिमको आयोजना गरिएको अल्फान अध्यक्ष तेज वान्तावा राईले जानकारी दिए ।

‘आल्मुनियम फेब्रिकेसन लगायतका साना व्यवसायहरुमा लेखा र कर सम्बन्धी ज्ञानको कमीको कारण धेरै भन्दा धेरै व्यवसायीहरु बिना दर्ता व्यवसाय गर्न बाध्य छन्’ अध्यक्ष राईले भने ‘जुन सरकारी निकायबाट जुनसुकै बेला कारबाही हुने खतरा रहन्छ ।’

यस्ता व्यवसायीहरुलाई करको दायरा ल्याएर व्यवसायिक (Professional) बनाउँदै लैजाने मुख्य उद्देश्य रहेको उनको भनाई छ ।

भविश्यमा यस्ता तालिमहरु निरन्तर गराउँदै लैजाने हाम्रो योजना छ, अध्यक्ष राईले निर्माण सञ्चारलाई भने ।

अनामनगर स्थित युनियन हाउसको हलमा सम्पन्न तालिममा ५० जना सदस्यहरुको सहभागिता थियो ।

आधारभूत लेखा र कर सम्बन्धी प्रशिक्षक मनिराज थापा तथा एकाउन्टिङ सफ्टवेयर सम्बन्धी हारती सफ्टवेयरका विमल देवकोटाले तालिम दिएका हुन्

...

आइतबार १४ असोज २०७५ 

प्रतिक्रिया

Related