सुस्त अनुसन्धानः अख्तियारमा उजुरीका चाँङ !

पाँच महिनामै ३ सय ८८ उजरी
निर्माण सञ्चार, जुम्ला | अनुसन्धान निकै सुस्त हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतमा उजुरीका चाङ लागेको छ ।

आयोगमा उजुरीको चाङ भाए पनि अनुसन्धानमा निकै ढिलासुस्ति भएको पाइएको छ । विगतका वर्षदेखि परेका उजुरी समेत फर्छौट भएका छैनन् ।

उजुरीका आधारमा समयमै अध्ययन, अनुसन्धान हुन नसक्दा हरेक बर्ष आयोगमा पर्ने अधिकांश उजुरीहरु अलपत्र पर्ने गरेका छन् ।

जुम्लाबाट आयोगमा परेका केही उजुरीहरु अनुसन्धानकै क्रममा वर्षौ बितिसकेको छ ।

पाँच महिनामा ३ सय ८८ उजरी

चालु आर्थिक बर्षको पाँच महिना अर्थात् गत वैशाखदेखि भाद्र महिनासम्म मात्रै जुम्ला सहित कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पुर्वबाट आयोगमा ३ सय ८८ वटा उजुरी परे ।

तीमध्ये आयोगले हालसम्म जम्मा ५९ वटा उजुरी फछ्र्यौट गरेको छ । उजुरीको रप्तार हेर्दा बर्ष दिनभित्र आयोगले थेक्न नसक्नेगरी उजुरी पर्ने संभावना देखिन्छ ।

आयोगमा सबै भन्दा बढी सुर्खेतबाट ८४ र सबैभन्दा कम रुकुम पुर्वबाट चार वटा उजुरी परेका छन् ।

दैलेखबाट ६७, जाजरकोटबाट ६१, कालिकोट ४३, जुम्ला ३२, हुम्ला ३०, सल्यान २५, रुकुम पश्चिम २१, मुगु १५ र डोल्पाबाट ६ वटा उजुरी आयोगमा दर्ता भएका छन् ।

तर ती उजुरीमाथी आयोगले समयमै अनुसन्धान गरेर आवाश्यक कारवाही प्रक्रिया अघि बढाउला भन्ने आम जुम्ली नागरीकले आशा मारेका छन् ।

सुशासन प्रर्वद्धनका लागी जुम्लाका पत्रकारसँग अन्र्तक्रिया गर्दै आयोगको टोलीले गत आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमध्ये यो बर्षको भदौसम्म २१ वटा उजुरी फच्र्यौट भएको जानकारी दिएको छ ।

आयोगका उप सचिब जंगबहादुर डाँगीले आयोगसँग निश्चित जनशक्ति, स्रोत साधान र अधिकार भएकाले अनुसन्धानमा ढिलाई हुने गरेको बताए ।

‘उजुरी माथी अनुसन्धान, कागजपत्र माग र स्थलगत अनुगमन गर्नुपर्ने हुन्छ, त्यो समयमा आरोपितले भएका प्रमाण नष्ट गरीसक्छन्’ उनले भने, ‘अनुसन्धानमा समस्या छ, त्यसैले हामीले आम नागरीकको गुनासो अनुसार समयमै उजुरी फर्छौट गर्न सकेका छैनौ ।’

उनले आयोगमा परेका सबै उजुरी माथी जतिसक्दो छिटो अनुसन्धान गरिने आश्वासन दिए ।

सहसचिब ज्ञानराज सुवेदिले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको क्षेत्रमा सबैभन्दा बढी उजुरी पर्ने गरेको बताए ।

उनका अनुसार भौतिक संरचना निर्माण तथा अन्य विकास निर्माणका काम स्टेमेट अनुसार नभएको वा गुणस्तरहीन र अनियमितता भएको, छात्रबृति, सामाजिक सुरक्षाभत्ता दुरुपयोग, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता, औषधि खरिद, वितरणमा अनियमितता, टेण्डर प्रक्रियामा मिलोमतो र नक्कलि बिलभर्पाई बनाई सरकारी रकम हिनामिना गरेको लगायतका बिषयमा उजुरी परेका छन् ।

जुम्ला पुगेको आयोगको टोलीले जिल्लाका सरकारी कार्यालय प्रमुख र जनप्रतिनिधिसँग पनि अन्र्तक्रिया गरेको छ ।

सो अवसरमा कार्यालय प्रमुख र जनप्रतिनिधिले भष्टाचार विरुद्ध शुन्य शहनसिलताको विकास गर्ने प्रतिबद्धता गरेका छन् । पत्रकारहरुले सरकारले अख्तियारको अधिकार र जिम्मेवारी बढाउनुपर्ने तर्क गरेको थिए ।

अख्तियार नै निष्पक्ष र पारदर्शि नभएको जनगुनासो आईरहेको बेला अख्तियार सचेत र सक्षम तरीकाले अघि बढ्नुपर्ने पत्रकारहरुको धारणा छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बुधबार १७ असोज २०७५ 

प्रतिक्रिया

Related