१० वर्षमा दोभान पुलः बिरामीलाई डोकोबाट हैन अब एम्बुलेन्सबाटै अस्पताल !

जोडियो मेची–कोशी राजमार्ग, खुल्यो जिल्लाकै विकासको ढोका
निर्माण सञ्चार, ताप्लेजुङ | झापा–मेरिङदेन गाडी चढेरै आवतजावत गर्न मिल्ने भएको छ ।

यात्रुहरुले ओहोरदोहोर गर्दा अब कुनै झन्झट व्होर्न नपर्ने भएको छ भने सामान ढुवानी गर्न पनि सहज हुने भएको छ ।

झापा–मेरिङदेनलाई जोड्ने दोभान पुल बनेसँगै अब सदरमुकाम–गाउँपालिका केन्द्र आउन/जान यात्रुहरुलाई सजिलो भएको छ ।

यसअघि आवतजावत गर्न स्थानीयले निकै कठिनाई भोग्नुपरेको थियो ।

बिरामीलाई डोकोमा बोकेर लामो बाटो हिडेर अस्पताल पुराउनुपर्ने स्थानीयको बाध्यता थियो । सो पुल बनेसँगै स्थानीय हाल हर्षित छन् ।

आवतजावत सँगै कृषकले उत्पादन गरेका वस्तुलाई समेत बजारसम्म सवारी साधनमा ढुवानी गर्न सकिने भएको छ, यसकारण स्थानीयवासी हर्षित तथा उत्साहीत देखिएका छन् ।

अब बिरामीलाई डोकोमा नभएर एम्बुलेन्समा नै अस्पताल पुर्याउन सकिने मेरिङ्देन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले बताए ।

लामो समयसम्म गाडी कुनुपर्ने कि हिँड्नैपर्ने बाध्यता भोगका स्थानीयले अब छोटो समयमा गाउँपालिका–जिल्ला सदरमुकाम आवतजावत गर्नसक्छन् ।

कहाँ– कहाँ गुडन थाले सवारी साधन

दोभान पुलबाट मालबाहक सवारीलगायत यात्रुबाहक सवारी साधन पनि निर्वाध रूपमा संचालन हुन थालेका छन् ।

हल ती सवारी साधन सदरमुकामदेखि मैवाखोला गाउँपालिकाको केन्द्र साँघु, ,मेरिङ्देन गाउँपालिकाको केन्द्र सान्थाक्रा, आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङका लागि चल्न थालेका दोभानका व्यवसायी टंक खतिवडाले जानकारी दिए ।

 कुन क्षेत्र बढी लाभाविन्त ?

यो पुल बनेपछि लभान्वित हुने जिल्लामध्ये सबैभन्दा धेर क्षेत्र नं. (ख)का सर्वसाधारण हुने बताइएको छ ।

आठराई त्रिवेणी गाउँपालिका प्रमुख विश्व सिटौलाले पुल निर्माण अगाडि नै अधिकांश गाउँमा सडकको ट्रयाक खोलिसकिएको दाबी गरे ।

सडकलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकाले उक्त पुल बनेसँगै गाउँगाउँमा सवारी चल्न थालेको प्रमुख सिटौलाले स्पष्ट पारे ।

उनले दोभान पुलले जिल्लाकै विकासको ढोका खोलेको बताए ।

१० वर्षमा दोभान पुल !

दोभान पुल निर्माणको काम सुरु भएको १० वर्षमा सम्पन्न भएको हो । तमोर नदीमाथि बनेको यो पुलले मेची र कोसी राजमार्गलाई जोडेको छ ।

यसकारण यात्रुलाई यात्र गर्न तथा सामान ढुवानी गर्न सहज भएको छ ।

ती दुर्व राजमार्ग हुँदै ताप्लेजुङबासी तराई समेत झर्न सक्नेछन् ।

कहाँ–कहाँ पुग्न सम्भव

यो पुलको निर्माणसँगै यात्रुहरु पाँचथर र इलाम हुँदै मेची राजमार्गबाट झापा र संखुवासभा, तेह्रथुम, धनकुटा हुदै कोसी राजमार्गबाट सुनसरी सम्म पुग्नसक्ने सम्भावना भएको छ ।

यसैगरी, दोभानबाट मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका जान मैवाखोलामा एक वर्षअघि पुल निर्माण भइसकेको छ ।

आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र जोड्ने सोभुवाखोलामा पनि मोटरेबल पुल बनिसकेको छ । यससँगै ताप्लेजुङको मिक्वाखोला बाहेक सबै स्थानीय तहका केन्द्र सडक सञ्चालले जोडिएका छन् ।

कहिलेबाट संचालन दोभान पुल ?

दोभान पुल असोजको दोस्रो सातादेखि सञ्चालनमा आएको छ ।

२ वर्षभै सक्नेगरी सम्झौता गरिएको भएता पनि यो पुलको काम १० वर्षमा सम्पन्न भएको हो ।

तत्कालीन संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले २०६६ सालमा पुलको शिलान्यास गरेका थिए । उक्त १० करोड ३५ लाख ६७ हजार लगातमा बनेको हो ।

...

बिहीबार १८ असोज २०७५ 

प्रतिक्रिया

Related