जुम्लाको अनुगमन कार्यविधि पारितः समृद्धिका लागि ‘सहकार्य’

‘जनप्रतिनिधि र कर्मचारी बीचको जुँगा लडाईले विकासमा अबरोध’
निर्माण सञ्चार, जुम्ला | जुम्लाको आर्थिक सामाजिक र भौतिक विकासका लागि पालिकाबीच समन्वय गर्नुपर्ने जनप्रतिनिधिले जोड दिएका छन् ।

आफ्नै तरिकाले काम गर्दा जनताको चाहाना अनुसार विकास हुन नसक्ने भन्दै यसमा सहकार्य तथा साझेदारीको विकल्प नभएको जनप्रतिनिधिहरुको भनाई छ ।

अनुकरणीय कामहरु साटासाट गर्ने, अनुभव आदान प्रदान गर्ने, पद्धतीको अभावले दुई वर्षमा सोचजस्तो उपलब्धी हासिल गर्न नसकिएको निष्कर्ष जनप्रतिनिधिको छ ।

समन्वय समितिका सभापति लाल बहादुर शाहीले भने ‘स्थानीय तहबाट संचालन भएका विकास निर्माणप्रति आलोचना आउनुको कारण प्रभावकारी अनुगमन नभएर हो ।’

‘जनप्रतिनिधि र कर्मचारी बीचको जुगाँ लडाईले विकासमा अबरोध भएको छ, उपभोक्तादेखि प्राविधिसम्मले नीति नियमलाई कुल्चदा हात्तिको देखाउने दाँत जस्तै अनुगमनले नागरिकका अपेक्षा अनुसारको विकास भएको छैन, शाहीले भने ।

उनले जुम्लाको दिर्गकालिन विकासका लागि एक तहले गरेको काम अर्को तहले अनुगमन निरिक्षण गरी आबश्यक रचनात्मक सुझाब दिने पद्दतीको थालनी हुने बताए ।

स्थानीय सरकार संचालन पश्चातको बुधबार सम्पन्न दोस्रो जिल्ला सभाले जुम्लाको अनुगमन कार्यविधिलाई सर्वहमत पारित गरेको छ ।

कार्यविधिमा जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाले एक अर्काका विकास निर्माणदेखि हरेक कामको अनुगमन गर्ने, तथा सुझाब दिने, समन्वय सहकार्य बढाउने र राम्रो कामको थालनी आफ्नो पालिकामा गर्ने कुरालाई जोड दिइएको समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ।

अनुगमन कार्यविधिलाई प्रथामिकताका साथ निर्णय गर्दैै जुम्ला समृद्धिको खाँका कोरिएको गाउँपालिका महासंघका केन्द्रिय सदस्य रतनाथ योगीले बताए ।

उनले सोचलाई परिवर्तन र सम्भावनलाई अबसरमा रुपान्तरण गरी, रोजगारी सृजना गर्न आबश्यक रहेकोमा जोड दिए ।

समन्वय अभावकै कारण, यी दुईवर्षमा जनचाहाना अनुसार काम गर्न नसक्नु दुखद पक्ष भएको सदस्य योगीले बताए ।

‘सबैको लक्ष्य, समृद्ध समाज, आत्ननिर्भर समुदाय बनाउने हो, यसमा हातेमालो सहकार्य विना सम्भव छैन्’, उनले भने ।

“जुम्लाको आर्थिक सामाजिक तथा भौतिक विकासका लागि आठै स्थानीय तहबीच समन्वय र सहकार्यलाई बढाईने निर्णय”

गाउँसभाले जुम्लाको स्वास्थ्य, शिक्षा, संचार, कृषि, सिचाई समुह सहकारी लगायतका क्षेत्रलाई विशेष प्रथामिकता दिएर अबको विकास निमार्ण गर्ने कुरामा ऐकेबद्धता भएको चन्दनाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी महतले बताईन ।

‘विषय विशेषज्ञ तथा पालिका स्तरमा समन्वय सहकार्य नभएकै कारण,चुनौती खडा भएका छन्, उनले भनिन्, ‘जिल्ला सभाबाट पारित भएका निर्णयहरुलाई कार्यान्वयनमा पनि जोड दिनुपर्छ ।’

राजनीतिक स्वार्थ भन्दा माथि उठेर सेवाभाव गरे, पाँच वर्षमा जुम्ला नमुना बन्ने दाबी यहाँका जनप्रतिनिधिको छ ।

संकुचन सोचाईले ग्रसित हाम्रो समुदायलाई बुझाउन, एक समृद्ध समाज निर्माण गर्न जनचेतनाका कार्यक्रममा जोड दिइने समेत बताइएको छ ।

गाउँ–गाउँमा हुने विकास निर्माणका संरचनालाई दिगो विकासको अवधारण अनुसार बनाउनुपर्ने सरकारी तथा गैरसकारी निकाय कार्यक्रमा आउने दोहोरापनाको अन्त्यगरी जनताका आवश्यकता पहिचान गरी योजना बनाउन गाउँसभाले निर्देश गरेको जिल्ला समन्वय अधिकारी हरि प्रसाद घिमिरेले बताए ।

उनले क्षमता विकास, जिल्लाको गुरुयोजना तयार गर्ने, प्रत्यक स्थानीय तहमा प्राविधिक शिक्षा थालनी गर्ने, समावेशी विद्यार्थी भर्ना लाई जोड दिनुपर्ने बताए ।

विकासका अनुभव तथा अनुकरणीय कामका विषयमा समन्वय र सहकार्यलाई अघि बढाईने निर्णय पनि भएको छ ।

सरोकारवालाको संयुक्त अनुगमन नभएकै कारण दुई वर्षमा उल्लेखीय काम हुन नसकेको व्यापाक गुनासो तथा सुझाब मध्यनजर गर्दै जुम्ला अनुगमन कार्यविधिलाई प्रथामिकताका साथ पारित गरिएको हो ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

 ...

बिहीबार १८ असोज २०७५

प्रतिक्रिया

Related