भ्रष्टाचार विरुद्ध नयाँ अभियानः हरेक दिन ‘कसम’ खाने कर्मचारीले सुधार्लान् त ब्युरोक्रेसी ?

होला त मुलुक भ्रष्टाचार मुक्त ?
निर्माण सञ्चार, काठमाडौँ | भ्रष्टचारविरुद्ध सरकारले नयाँ अभियान थालेको छ । अब कर्मचारीले हरेक दिन कार्यालयभित्र छिरेपछि भ्रष्टचार नगर्ने कसम खानुपर्ने भएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नारा दिँदै आएको केपी ओली नेतृत्वको सरकारले सुशासन र सदाचारको प्रबद्र्धन गर्ने भन्दै राष्ट्र सेवा गर्ने कसम खाएर सरकारी सेवा प्रवेश गरेका प्रत्येक कर्मचारीले सधैँ भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्ने नियम लागू गरेको हो ।

भ्रष्टाचार नगर्ने कसम दैनिक खानुपर्ने नियम बसालेको सर्कुलर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी कार्यालयमा पठाइसकेको छ ।

मुख्यसचिवस्तरीय निर्णय अनुसार सरकारी कर्मचारीले दैनिक भ्रष्टाचार नगर्ने कसम खानुपर्ने नियम बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

सो नियमबारे सबै मन्त्रालय, आयोग र सचिवालयमासर्कुलर गरिएका प्रवक्ता कुँवरले बताए ।

हरेक दिन काम थालनी हुुनु अगाडि सबै राष्ट्र सेवक कर्मचारीले ‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश वाचनपश्चात दैनिक कार्य सू गर्नुपर्ने छ । यससँगै कार्यालयको देखिने स्थानमा सो वाक्यांश टाँस समेत गर्नुपर्ने छ ।

यस नियम लागू भएपछि ब्यूरोक्रेसि सुधारिन्छ वा भ्रष्टचार कायमै हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

...

शुक्रबार १९ असोज २०७५ 

प्रतिक्रिया

Related