कर्णालीमा लगानी गर्न चीन आतुरः मुख्यमन्त्री शाही

‘विद्युत र सडक विस्तारमा विशेष चासो’, होला त कर्णालीबासीको सपना पूरा ?
निर्माण सञ्चार, कर्णाली प्रदेश | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीको विकास र समृद्धिका लागि चीन सरकार लगानी गर्न आतुर रहेको बताका छन् ।

‘हामी लगानीमैत्री वातावरण बनाउँछौँ’, उनले भने, ‘चिनियाँ लगानीकर्ताले यहाँको पुर्वाधार विकासलाई प्रथामितकामा राखी लगानी गर्ने छ ।’

त्यसका लागि सहज वातापरण बनाउनतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको मुख्यमन्त्री शाहीले उल्लेख गरे । चीन भ्रमण सकेर भर्खर स्वदेश फर्किएका मुख्यमन्त्री शाहीले जुम्ला पुगेपछि यस्तो बताएका हुन् ।

‘बाह्य लगानी बिना प्रदेशको समृद्धि सम्भव छैन, यहाँका अथाह सम्भवानलाई अवसरमा बदल्न लगानीको खाँचो छ’ शाहीले थपे, ‘छिमेकी राष्ट्र चीन कर्णालीको विद्युत र सडक विस्तार विशेष चासो देखाएको बताए ।

कर्णाली प्रदेश संग जोडिएका उत्तर नाका खोल्ने विषयमा पनि चीन सरकारसमक्ष गम्भीर छलफल भएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

कर्णालीमा सडक र विद्युत निर्माणको प्रक्रिया आउँदो दशै लगत्तै हुने उनको भनाई छ । प्रदेश समृद्धिका लागि बाह्य लगानीसँगै सबैले गरिब मानसिकता हटाउनु पर्नेमा जोड दिए ।

कर्णाली अनुदानले विग्रीएको क्षेत्र भएको बताउँदै मुख्यमन्त्री शाहीले अनुदानले परनिर्भता बढाएको दाबी गरे । अब मन्त्रीदेखि सर्वसाधारणले समृद्धिका लागि आफै श्रम गर्ने बेला आएको उनको भनाई छ ।

कर्णाली प्रदेशलाई पाँच वर्षमा सम्पन्न प्रदेश बनाउनका लागि यहाँका स्रोत साधनहरुलाई परिचालन गर्नु आजको आवश्यकता भएको मुख्यमन्त्री शाहीले दाबी गरे ।

तर, संघियताको दुई वर्ष भइसक्दा अन्यौलताकाबीच अघि बढेकोले अपेक्षा अनुसारको उपलब्धी हुन नसकेको उनले धारण व्यक्त गरे ।

कर्णालीको आर्थिक समृद्धिका लागि मुगुको नाक्चे लाग्ना र हुम्लाको हिल्सा नाकालाई चिनसंग जोड्ने विषयमा छलफल भईरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए ।

सबै भन्दा विकट सडक संजालमा जोडिएको भन्दै मन्त्री मण्डारीले अब छिटै हुम्लामा सडकको पहुँच पुराउन एडिवी लगायातका निकायसंग पहल थालिएको अवगत गराए ।

स्थानीय सरकारका जनप्रतिनधि र प्रदेश सरकारको भुमिकाको विषयमा छलफल गर्न कालिकोट हुँदै जुम्ला पुगेका शाहीले कर्णाली आफैमा सम्भावना युक्त क्षेत्र भएको, तर कर्णालीलाई गरिब बनाइएको बताए

समृद्धि भन्ने कुरो जादुको छडी होईन यसमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री शाहीले भष्ट्रचार विकासका लागि बाधक रहेको स्पष्ट पारे ।

यसमा जनप्रतिनिधिलाई निस्वार्थ भएर काम गर्न शाहीले निर्देशन दिए ।

अहिले जुम्लाका जनप्रतिनिधि अख्तियारको निगरानी रहेका छन् । धेरै विलाशी बन्न खोजे जनप्रतिनिधि नै अख्तिारमा जाने उनको चेतावनी थियो ।

जुम्ला पर्यटकीय शहर बन्छ

संघियतापछि कर्णाली सरकारले जुम्लालाई पर्यटकीय शहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

तर दुई वर्ष वितिसक्दा पनि यस विषयमा कुनै उल्लेखिय काम भएको छैन । योजना र नीति जुम्ला महत्त्वको विषय बनेपनि कार्यान्वयन अबस्था भने फितलो नै छ ।

तर, मुख्यमन्त्री शाहिले भने, जुम्ला कर्णालीकै मोडेल जिल्ला बन्नेमा कुनै शंका नगर्न सुझाब दिए ।

‘प्रदेश राजधानी सुर्खेत पछि विशेष क्षेत्र जुम्ला हो, यहाँको विकासका लागि लगानी बढाउन जरुरी छ’, उनले भने । पर्यटकीय शहर बनाई यहाँको आर्थिक जीवनस्तर उकास्ने एक मात्र लक्ष्य पुरा गर्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।

अभावै अभावमा कर्णाली प्रदेश

सरकार गठन गएको ६ महिना वित्यो, हाल सम्म प्रदेशमा संरचना, कानुन र कर्मचारी अभाव भएको छ ।

संघिय सरकारले पनि कानुन निर्माण, कमर्चारी खटनपटनमा ढिलासुस्ती गरेकोले समस्या भएको शाहीको भनाई छ ।

‘प्रदेश सरकार भर्खर बामे सर्ने अवस्थामा पुगेको छ, जनताका चाहना असिमित छन्’, उनले भने, ‘त्यसलाई विस्तारै हल गर्दै जान्छौँ ।’

संविधानले थुप्रै कुरामा प्रदेश सरकारलाई अधिकार नदिएका कारण पनि प्रदेश सरकारले सोचे जस्तो काम गर्न नसकेको उनले स्विाकार गरे ।

यद्यपी कर्णाली सरकारले ६ महिनाको अवधीमा राम्रा कामको शुरुवात गरेको बताइएको छ ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

....

आइतबार, २१ असोज २०७५ 

प्रतिक्रिया

Related