निर्मलाको सामूहिक बलात्कार भएको ठहर, यस्तो आयो प्रतिवेदन

बमदिदी बहिनीमाथि शंका
निर्माण सञ्चार, काठमाडौँ | कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक गरिएको प्रतिवेदन ३७ पेजको रहेको गृहप्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।

पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उक्त समितिले तयार पारेको अनुसन्धान प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

समितिले वविता भनिने अनिता बमतर्फ शंका गरेको छ ।

प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको उल्लेख गर्दै थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ –‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।

स्थानीय प्रहरीले निर्मलाको हत्याकोे छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएको थियो ।

त्यसपछि, गृह मन्त्रालयले प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गद कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

गत भदौ ३० गते प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

समितिको प्रारम्भिक प्रतिवेदन अनुसार त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए ।

हालसम्म विभिन्न समितिले अनुसन्धान जारी रहेको बताउँदै आएता पनि निर्मलाको बलत्कारपछि हत्या जस्तो जघन्य अपराध गर्ने दोषी भने अझै पत्ता लाग्न सकेको छैन ।


 

  ...

सोमबार, २२ असोज २०७५ 

प्रतिक्रिया

Related