धनगढी–अत्तरिया सडक निर्माणमा ढिलाई, होला त आगामी जेठसम्म पूरा ?

एक अर्बको आयोजनाको २० प्रतिशत मात्रै सकियो कामः स्थानीयलाई सास्ती
निर्माण सञ्चार, धनगढी | मुलुकका विभिन्न स्थानमा सडक निर्माणधीन अवस्थामा छन् । जसमध्येको धनगढी जिल्लाको अत्तरिया सडक एक हो । तर, यस सडकको निर्माण गतिले भने तीव्रता पाउन सकेको छैन ।

उक्त ६ लेनको सडको निर्माण सुरु भएको झन्डै डेढ वर्ष वितिसकेको छ ।

निर्माणको काम सुरु भएको १७ महिना वितिसक्दा काम भने २० प्रतिशत मात्रै काम भएको छ ।

सडक आयोजना कार्यालय धनगढीका प्रमुख मनीषकुमार शाहले अत्तरिया ६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको निर्माण सञ्चारलाई जानकारी दिए ।

धूलोले कुहिरो लागेजस्तै

सडक निर्माणमा भएको सुस्तताले स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।

गाडी गुड्दा धुलोले केही नदेखीने भन्दै स्थानीयले आवतजावत गर्न समेत सकस भएको गुनासो पोखे ।

यसअघि उक्त सडकको स्तरोन्नतिको काम थाल्दा खुशी भएका स्थानीय हिजाआज निराश बनेका छन् । सडक निर्माणधिन अवस्थामा रहेको हुँदा पानी पर्दा हिलो घाम लाग्दा धूलोले कुहिरो लागझैँ हुने गरेको छ, सो स्थानमा ।

प्रत्येक सवारीसाधन गुड्दा कुहिरीमण्डल धूलो हुने गुनासो गर्छन्, स्थानीयबासी । धुँवाधूलोका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको राजुपुरका स्थानीयको दुखेसो छ ।

बोराडाँडी, राजपुर, गेटालगायत क्षेत्रका स्थानीय दैनिक साइकल र पैदल आवतजावत गरिरहेका हुन्छन् ।

प्रदेशकै प्रमुख व्यापारिक केन्द्र भएकाले यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइकललगायत दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा स्थानीय झनै मारमा परेका छन् ।

बोराडाँडीका रमेश थपलीयाले ठेकेदार र सरोकारवाला निकायका लापरवाहीका कारण स्थानीयबासीले वर्ष दिनदेखि धुलो र हिलो खेप्नुपरेको गुनासो गरे ।

थपलियाले भने ‘तोकिएकै समयमा सक्ने लक्ष्यसहित कामले तीव्रता पाएको भए स्थानीयले स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि धेरै मार खेप्न पर्दैनथ्यो, यो धुलो र हिलोको सास्तीबाट हामीले कहिलेसम्म सास्ती खेप्न पर्ने हो ।’

सडक छेउछाउमा व्यापार व्यवसाय गरेर बसेकाहरु झनै सास्ती व्यहोर्न बाध्य छन् ।

आयोजनाका अनुसार धनगढी भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो सडक तीन खण्डमा छुट्याएर निर्माण थालिएको छ । उक्त सडकलाई ३२.२ मिटर चौडा बनाउन दायाँबायाँ भरान गरिएको छ ।

सडक चौडा बनाउन कतिपय स्थानमा कालोपत्रे सडकमा समेत माटो र बालुवा भरान गरिएको अयोजना बताउँछ । यता कल्भर्ट निर्माणका लागि भने अधिकांश ठाउँमा बाटो डाइभर्सन गरिएको छ, तर काम सम्पन्न भएको छैन ।

सोही माटो, बालुवा र डाइभर्सन गरिएको स्थानबाटै सावारी संचालन हुने भएकाले सडक धुलोले कुइरोजस्तै हुने गरेको छ ।

स्थानीय बासिन्दाको सधैँ ओहोरदोहोर गर्ने बाटै नै त्यही भएकाले सो ठाउँमा हजारौँ मानिस आवातजावत गर्ने गर्दछन् ।

‘धुलो कुइरो जस्तो उड्ने गर्छ’ स्थानीय बासिन्दा सरिता घिमिरेले भनिन् ‘श्वास फेन पनि गाह्रो हुन्छ, कहिसम्म यस्तो सास्ती खेप्न पर्ने हो, थाहा छैन ।’

आगन्तुकदेखि विद्यार्थीसम्मलाई सकस

धरै मानिस, आगन्तुक र विद्यार्थी हिड्ने यो बाटोमा धुलोले निकै समस्या भएको बताउँछिन्, स्थानीय घिमिरे ।

‘कुनै ठाउँ पुगरे घर फर्कदा धुलोले चिन्ने नसक्ने हुइन्छ’ स्थानीय घिमिरे भन्छिन्, ‘यो बाटोमा हिँड्ने आगन्तुकदेखि विद्यार्थी तथा जो कोहीलाई सकस भएको छ ।’

व्यवसायमा उस्तै सकस

६ लेन सडक स्तरोन्नती गर्ने क्षेत्रका व्यापारीले पनि धूलोले समस्यामा परेको गुनासो पोखे । यो सडक निर्माण थालेदेखि व्यापार–व्यवसाय गर्दै आएका व्यवसायी धरापमा परेका छन् ।

स्थानीय व्यापारी पवन पौड्याल भन्छन् ‘बिहाददेखि बेलुकासम्म धुलो टुट्दैन’, शरीरदेखि पसलमा राखेका सामानलाई धुलोले ढाक्ने हुँदा व्यापार गर्नसक्ने अवस्था समेत छैन ।’

सधैँको धूलोले सामान पनि पुरानो देखिने भन्दै स्थानीय पौड्यालले ग्राहक आएपनि सामान हेरेर त्यत्त्किै फर्किने हुँदा व्यवसाय नै धारपमा पर्ने डर भएको बताए ।

राजपुरस्थित राजु चौधरीले भने ‘सडकबाट सवारी साधनले उडाएको धूलोले पर्सलमा राखेका सामान समेत नचिन्ने अवस्थामा हुन्छ, हाम्रो शरीरभित्र झन् कति धूलो पस्ला ?’ पानी पर्दा हुने हिलाका कारण त उपभोक्ता नै पसलमा त्यति आउन नचहाने बताउँछन्, चौधरी । एक अर्ब ६८ करोडको यस आयोजनाको निर्माण कार्यमा भएको ढिलासुस्तीले स्थानीय आक्रोशित बनेका छन् ।

किन ढलाई ?

आगामी जेठमा निर्माण सम्पन्न हुनुपर्ने यो आयोजना पूरा हुँदैन भन्ने आम मानिसको ठम्याई छ । प्रमुख शाहका अनुसार अत्तरिया सडक निर्माण २०७६ जेठमा सक्नुपर्ने गरि सम्झौता गरिएको छ ।

तर, कामको ढिलासुस्ती हेर्दा आयोजनाका काम तोकिएको समयमा सम्पन्न नुहने आकलन गर्न सकिन्छ ।

कार्यालय प्रमुख शाह सडक निर्माणमा विवाद भएका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउँछन् ।

‘सडक क्षेत्रभित्र परेका घर हटाउनदेखि रूख काट्ने विषयमा विवाद भएका कारण आयोजनाको निर्माण कार्यमा ढिला भएका समयमा भएन ।

त्यसैले आयोजनाको काममा पनि ढिलाइ भयो,’ आयोजना प्रमुख शाहले भने । आयोजना प्रमुख शाहले पनि तोकिएको समयमा काम सम्पन्न नहुने दाबी गरे ।

कामको प्रगतिका आधारमा समयमै सकिने अवस्था नदेखिएको भन्दै स्थानीय समेत निराश भएका छन् ।

...

बिहीबार, ८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related