आफैँले बनाएको सडक भत्किएपछि जापनले दियो १ अर्ब आठ करोड अनुदान

पुनर्निर्माणको काम अब छिट्टै शुरु
निर्माण सञ्चार, काठमाडौँ | आफैँले बनाएको बीपी राजमार्गमा २०७२ को भूकम्पले क्षति पुर्याएपछि जापानले पुनर्निर्माणका लागि १ अर्ब आठ करोड रुपियाँ अनुदान सहयोग गरेको छ ।

बिहीबार बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको बताए ।

बिपी राजमार्गको निर्माण सम्पन्न गर्न २० वर्ष लागेको समेत राजदूत मिसामिचीले बताए ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।

१६० किलोमिटर लामो काभ्रेको धुलिखेलबाट महोत्तरीको बर्दिबास जोड्ने बीपी राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।

भारतले भने यो सडक बनाउन नदिने हेतुले पटक–पटक विरोध गर्दै आएको थियो ।

...

बिहीबार, ८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related