बैंकिङ क्षेत्रमा तरलता संकटः लगानीयोग्य पुँजीको अभाव

पुँजीको समस्या अझै घट्ने सम्भावनाः उद्योग व्यवसायी चिन्तित
निर्माण सञ्चार, काठमाडौँ | बैंकिङ क्षेत्रमा देखिएको तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव देखिएको छ ।

बैंकहरुले लगानी गर्न नसकेको भन्दै केही उद्योगी व्यवसायीले सार्वजनिकरुपमै दुःखेसो पोख्न थालेका छन् । दशैं सकिएलगत्तै बैंकिङ क्षेत्रमा तरलताको समस्या देखिएको हो ।

गत वर्ष पनि तरलता अभावको चरम समस्या भोगका थए ।

अघिल्ल वर्षहरुमा पनि सोही समय अर्थात दशैं सकियलगत्तै तरलता अभाव हुँदै आइरहेको छ । यस वर्ष यस्तो समस्या झेल्न नपर्ने बताउँदै आएका बैंकहरुले सोही समस्या अहिले पनि झेल्ने भएका छन् ।

विशेषतः दशैंपश्चात यस्तो समस्या विगतका वर्षहरुमा पनि देखिने गरेको छ ।

अघिल्लो वर्ष पनि यस्तो समस्या देखिएको थियो । अघिल्लो वर्ष स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रभावसमेत बैंकिङ क्षेत्रमा देखिएको थियो ।

तरलता अभावको समस्या किन ?

यसअघि भएको निर्वाचनको खर्च बैंकिङ प्रणालीमा नआउँदा लगानीयोग्य पूँजी अभावको सामना गर्नुपरेको बैंकरहरुले बताउँदै आएका छन् ।

निर्वाचनका समयमा तरलता अभाव भएको भन्दै बैंकहरुले धमाधम ब्याज बढाएका थिए ।

निक्षेप तान्ने होडबाजी गरेर बैंकहरुले आफूखुसी ब्याज बढाए ।

केही समयपछि तरलताको समस्या पनि समाधान भएको थियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेलगत्तै बैंकरहरुले यस वर्ष तरलता अभाव नहुने स्पष्ट पारेका थिए ।

मौद्रिक नीतिमा गरिएका केही नीतिगत सुधारले बैंकिङ क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव नहुने बैंकहरुको सोच असफल भएको छ ।

बैंकहरुमा फेरी तरलता अभाव सुरु भइसकेको बैंकहरु नै स्वीकार गर्छन् ।

दशैं अघि भने बैंकहरुमा प्रयाप्त तरलता रहेको थियो ।

बैंकिङ विज्ञहरुका अनुसार तरलता पर्याप्त भएका बेला बैंकहरुले आक्रामक ढंगले कर्जा लगानी गरेको तर निक्षेप जुन अनुपातमा आउनुपर्ने थियो, त्यो अनुपातमा नआएका कारण हाल पूँजी अभाव सृजना भएको हो ।

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव शुरु भइसकेको बताउँदै लामो समयम बैंकिङ क्षेत्रमा काम गरेका पूर्वबैंकर अनलराज भट्टराईले सो समस्या अझै बढ्ने दाबी गरे ।

सानिमा बैंक, तत्कालीन क्लिन इनर्जी बैंक तथा कमर्श एण्ड ट्रण्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका बैंकिङ विज्ञ भट्टराई तरलताको समस्या रोक्न राष्ट्र बैंकले तत्कालै ध्यान दिनुपर्ने बताउँछन् ।

उनका अनुसार तरलता समस्या समाधानका लागि कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो)लाई ८० बाट बढाएर ९० प्रतिशत पुर्याउनुपर्ने र बढेको १० प्रतिशतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नसक्ने भन्ने प्रावधान बनाउनुपर्छ ।

साथै तरलता समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न बैंकको संख्या घटाउन समेत आवश्यक रहेको विज्ञ भट्टराइले सुझाए ।

...

शुक्रबार ९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related