चक्रपथ सरसफाइमा हरिवंश

निर्माण सञ्चार, काठमाडौँ | चक्रपथ सरसफाई ६०औं हप्ताको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले कुचो बोकेर स्वयम्भु क्षेत्रको सफाई गरेका थिए ।

सरसफाई कार्यक्रममा बिगतको हप्ता जस्तै नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,महानगर प्रहरी तथा स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चक्रपथ सफाई अभियान सांकेतिक भएकोले यसबाट सिकेर वातावरण जोगउनु पर्नेमा त्यसो हुन नसक्नु दुखद भएको धारणा व्यक्त गरे ।

कलाकार आचार्यले आफ्नो टोलको सफाई गर्न राज्यको मुख नताकि यसैगरी आ–आफ्नो टोलको सफाई गर्नु पर्ने बताए ।

उनले अब सडक बडारेर मात्रै वाताबरण जोगाउन असम्भव देखिएको भन्दै नेपालीहरुको दिमागमै झाडु लगाउनु पर्ने अवस्था भएको समेत बताए ।

कार्यक्रममा बोल्दै सफाई अभियानका संयोजक तारा बहादुर कुँवरले सफाई अभियान निकै चुनौतीपुर्ण भए पनि सबैको सहभागीताले ६०औं हप्तामा पुगेको भन्दै सबैलाई आभार प्रकट गरेका थिए ।

सरसफाई कार्यक्रमपछि आयोजित शुभकामना आदान प्रदानको औपचारीक सभालाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीले देशको भौगोलिक सिमा क्षेत्रबाट भित्रिने सबै किसीमको फोहोर नियन्त्रण गर्ने जिम्मेवारी पुरा गरिरहेको बताए ।

सो अवसरमा सफाई अभियानलाई सफल गराउन सचारकर्मीको महत्वपूर्ण भूमिका रहेको भन्दै विभिन्न मिडियाका सम्पादक, व्यक्ति तथा संघसंस्थालाई सम्मान समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बाग्मती सभ्यता एकिकृत सुधार परियोजनाका अध्यक्ष नरेन्द्र बस्नेत, निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछाने लगायका व्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

चक्रपथमा बढेको प्रदुषण नियन्त्रण गर्न भन्दै कुँरको नेतृत्वमा २०७१ साल देखि निरन्तर सफाइ कार्य हुँदै आएको छ ।

 

...

मंगलबार २३ असोज २०७५ 

प्रतिक्रिया

Related