चालू आवमा नेपालको आर्थिक वृद्धि ५.९ प्रतिशत मात्रै !

सरकारको प्रक्षेपण भन्दा विश्व बैंकको २ प्रतिशत कम अनुमान
निर्माण सञ्चार, काठमाडौँ | सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ८ प्रतिशत रहने अनुमान गरेको थियो । तर, विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.९ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । 

सरकारको प्रक्षेपण भन्दा विश्व बैंकले २ प्रतिशतभन्दा कम हुने अनुमान गरेको हो ।

यसअघि गत जुनको वल्र्ड इकोनोमिक प्रोस्पेक्टसमा यस आव (२०१९)मा साढे ४ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेकोमा चार महिनापछि विश्वबैंकले त्यसलाई १ दशमलव ४ प्रतिशत बिन्दुले बढाएको छ ।

विश्व बैंकको अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटका अनुसार विश्व बैंकले गत वर्ष भने नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेको अनुमान गरेको छ ।
यता केन्द्रीय तथ्यांक विभागले भने आर्थिक वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरेको थियो ।

आउँदो आवमा नेपालले ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको अनुमान छ ।

विश्वबैंक, एसियाली विकास बैंकलगायतले नेपालका विभिन्न निकायबाट लिएको तथ्यांकका आधारमा आर्थिक वृद्धिको प्रक्षेपण गर्दै आएका छन् ।

विश्व बैंकले पछिल्लो ६ महिनामा दक्षिण एसियाको आर्थिक अवस्थाको विश्लेषण गर्दे नेपालको उच्च वृद्धिदर कायमै रहेको निष्कर्ष अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा सार्वजनिक गरेको छ ।

त्यसैगरी, संघीयता कार्यान्वयनमा राजनीतिक संक्रमण, पूर्वाधार विकास र सेवा प्रवाहमा असर पर्नसक्ने चुनौती रहेको बताउँदै विश्व बैंकले मध्यावधिमा नेपालको औसत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ ।

दक्षिण एशियाको क्षेत्रको आर्थिक वृद्धि भने यस आर्थिक वर्षमा ६ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

आगामी वर्ष यस्तो आर्थिक वृद्धि ७ दशमलव १ प्रतिशत हुने पनि विश्व बैंकको प्रक्षेपण छ । विशव बैंकले दक्षिण एशिया निरन्तर संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने क्षेत्र रहिरहने प्रक्षेपण समेत गरेको छ ।

...

मंगलबार २३ असोज २०७५  

प्रतिक्रिया

Related