सनराइज बैंकको थप चार शाखा संचालन

बैंकको शाखा संख्या ९५ वटा पुग्यो
निर्माण सञ्चार, काठमाडौँ | सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गरेको छ ।

सेवा विस्तार गर्ने क्रममा मिति २०७५–०६–२१ गते सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा संचालन गरेको छ ।

आइतबार आयोजित छुट्टा–छुट्टै औपचारिक कार्यक्रमबीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक कुमार शाहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा प्रीति शाखाको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सनुवार समेतको उपस्थिती रहेको थियो ।

साथै गत शुक्रबार (असोज १९) काभे्रको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा पनि बैंकले आप्mनो शाखा बिस्तार गरेको छ ।

महाभारत शाखाको उद्घाटन महाभारत गाँउपालिकाका अध्यक्ष कान्छा लाल जिन्दा तथा बराहपोखरी शाखाको उद्घाटन बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालिग्राम बन्जारा र उपाध्यक्ष गोमा मगरले संयुक्त रुपमा गरेका थिए ।

यो समेत गरी बैंकको शाखा संख्या ९५ वटा पुगेको छ ।

साथसाथै नेपाल अधिराज्य भर १०८ वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

सनराइज बैंकले अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जानकारी दियो ।

...

मंगलबार २३ असोज २०७५

प्रतिक्रिया

Related