जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल !

अबको तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन
निर्माण सञ्चार, काठमाडौँ | जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ ।

अबको दुई–तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागको अनुमान छ । उक्त रेल बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल जनकपुर आएको थियो ।

रेल विभागका इन्जिनियर अमन चित्रकारका अनुसार ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर रेल जनकपुर आएको र भारबहन क्षमताको परीक्षण सफल भएको हो ।

‘रेलवे बनाउन आवश्यक निर्माण सामाग्री पनि आयो, हाल सम्म कबनाइएको लिकले भार थेग्न सक्छ कि सक्दैन भनेर गरिएको परीक्षण पनि सफल भयो,’ चित्रकारले भने, ‘अब यही २०१८ को अन्तिमसम्ममा रेल औपचारिक रुपमा संचालन हुनसक्छ ।’

केही समयअघि जनकपुरदेखि जयनगरसम्म न्यारोगेजमा रेल संचालनमा ल्याइएको थियो ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा भारतीय नाकासँग जोडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झौता भएको थियो ।

सोही सहमतिअनुसार अहिले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेल मार्ग निर्माणधीन अवस्थामा छ ।

भारत बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लामो लिक बिछ्याएर रेल संचालन गर्ने तयारीअनुसार काम भइरहेको छ ।

विभागका अनुसार तत्कालका लागि भने जनकपुरदेखि कुर्थासम्म ३४ किलोमिटर खण्ड बनाएर भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

जग्गा प्राप्तिको प्रक्रिया पूरा भएलगत्तै बर्दिवास खण्डमा पनि रेल मार्ग निर्माण थालिने विभागले जानकारी दियो ।

...

बिहीबार, २५ असोज २०७५ 

प्रतिक्रिया

Related