रानीपोखरी र त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणलाई अघि बढाउने प्राधिकरणको प्रस्ताव

‘वृहत् गुरुयोजनासहित पुनर्निर्माण गर्ने’
निर्माण सञ्चार, काठमाडौँ | नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुख सहितको टोली बीच छलफल भएको छ ।

बिहीबार प्राधिकरणमा भएको छलफलमा त्रिचन्द्र क्याम्पसको एउटा वृहत् गुरुयोजनासहित पुनर्निर्माण गर्नेबारे छलफल भएको हो ।

त्यसक्रममा रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउनेबारे समेत कुराकानी भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा चित्रन्द्र क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव राखे ।

छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीप बहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाहरुको पुनर्निर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राखे ।

छलफलमा त्रिचन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख डा. अनन्त प्रसाद गजुरेल, प्रा।डा। मेघ राज ढकाल, डा। रमेश थापाको सहभागिता रहेको थियो ।

...

बिहीबार, २५ असोज २०७५

प्रतिक्रिया

Related