दशैंकै मुखमा मनपरी भाडा अशुल

‘जुम्लाको यातायात सेवा निकै अस्तव्यस्त’,मारमा यात्रु
निर्माण सञ्चार, काठमाडौँ | दशैं लागेसँगै जुम्लामा यातायात व्यवसायीले मनपरी भाडा उठाउन थालेका छन् । साविकको भाडादर भन्दा ३५ प्रतिशत बृद्धि गरेपछि दशंैका लागि जाने आउनेलाइ निकै सास्ती भएको छ ।

भाडादरमा भएको बृद्धि नियन्त्रण गर्न माग गर्दा समेत सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । प्रशासनले मुकदर्शक भएर हेरेको यात्रुको गुनासो छ ।

प्रशासनले विशेष भुमिका खेलेर यातायात सेवालाई सहज बनाउने अपेक्षा गरेको यात्रु प्रशासनको लापरवाही देखेर आक्रोसित भएका छन् ।

डिजेलको मुल्य बढेको भन्दै छोटा तथा लामो दुरीका सवारी साधनले ३५ प्रतिशत गाडी भाडा बद्धि गरेका छन् ।

कर्णाली यातायात कार्यालका अनुसाार ईन्धनमा भएको मुल्य बृद्धिले सरकारले १० प्रतिशत भाडादर बढाइएको हो ।

तर, टिकट काउण्टर भन्दा बहिर गाडी चढ्ने यात्रुहरुले तोकिएको भन्दा मंहगो भाडा तिरेकोप्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

१० प्रतिशत बढाएकोमा ३५ प्रतिशत बढाउनु गैरकानुनी काम भएको ठहराइएको छ ।

त्यस्तै, जुम्लादेखि कुडारीसम्म जानको लागि वसपार्कमा पुगेका यात्रु नरेन्द्र शाहीले भने, ‘जुम्लाको यातायात सेवा निकै अस्तव्यस्त छ, यो राम्रो पक्ष होईन ।’

उनले कुडारीसम्माको लागी यो भन्दा पहिले दैनिक ९५ रुपियाँ तिर्दै आएका थिए । तर, हाल एक्कासी एक सय तिस रुपियाँ तिर्न पर्दा दंग भएको बताउँछन् ।

गाडीवालाहरुले तोकिएको भाडादरको बारेमा जानकारी समेत नगर्ने, उल्टै झपारेर मनपारी भाडा अशुल्ने गरेको शाहीको गुनासो छ ।

१० प्रतिशत भाडा बृद्धि भएको थाहा हुँदाहुँदै आवश्यकता परिपुर्तिका लागि भनेकै अनुसार दोब्बर भाडा दिन बाध्य छन्, जुम्ला बासी ।

जुम्लामा संञ्चालन हुने यातायात समितीका काउण्टर एकै ठाउँमा राखेर यात्रा गर्न पाउने वातावरण स्थानीय प्रशासनले गर्न सकेको छैन ।

‘यात्रुका लागि विडम्वना नै यही हो’ शाहीले भने ‘यातायात समिति बिचको समन्वय प्रभावकारी नहुनु, प्रतिष्प्रर्धाका नाममा मनपरी भाडा असुल्नु ठिक होईन ।’

तिलागाउँपालिका वडानम्वर ५ का नरेन्द्र शाही एक प्रतिनिधि पात्र मात्र हुन् ।

उनी जस्तै कुडारी, नाग्मा, सिजा लगायतका विभिन्न ठाँउमा यात्रा गर्ने सयौँ यात्रुहरुको गुनासो पनि उस्तै रहेको छ । जुम्लामा फरक–फरक ठाउँमा काउण्टर राखेर यातायात सेवा सञ्चालन गर्दा यात्रु ठगिने गरेका छन् ।

कर्णाली राजमार्गको सुर्खेत, जुम्ला, नेपालगंज, काठमाडौँ चल्ने दर्जन भन्दा बढी यातायात समिती छन् । तर, उनीहरुको काउण्टर खलंगा बजारमा छरिएर राखिएका छन् ।

यातायात सेवा लिनदेखि काउण्टर भेटाउन नै यात्रुलाई कठिन हुने गरेको छ । जुम्लामै कर्णाली यातायात समिती र चन्दननाथ यातायात प्राली मात्रै दर्तामा छन् ।

बाँकी समिती बाहिर जिल्लामै दर्ता भएर सेवा सञ्चालन गरिरहेका छन् ।

दर्ता नभएका सबै यातायात समितीले काउण्टरै पिच्छे फरक–फरक भाडा लिने गरेको यात्रुको भनाई छ ।

यता साहयक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले तोकिएको मापदण्ड भन्दा बढी भाडा लिएको प्रमाण भेटिएमा कडा भन्दा कडा काबाही हुने चेतावनी दिए ।

उनले भने ‘नागरिकहरुको गुनासोलाई मध्यनजर गर्दै ट्राफ्रिक कार्यालय मार्फत भाडाको विषयमा कडा निगरानी गरिने छ ।’

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

शुक्रबार, २६ असोज २०७५ 

प्रतिक्रिया

Related