अनुगमनपछि संसदीय समितिले उक्त आयोजनामा निर्माण व्यवसायी कालिका कन्स्ट्रक्सनको बदमासी रहेको दाबी गरेको छ । ठेकेदारका कारण आयोजनाको अवस्था लाजमर्दो भएको समितिले बतायो ।
त्यस कम्पनीलाई कानुनी कारवाहीको दायरामा ल्याउन समितिले निर्देशन दिएको छ ।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
समिति विगत ३ दिनदेखि नियमित रुपमा स्थलगत अनुगमनमा रहेको छ ।
नहर परीक्षणका क्रममा पटक–पटक भत्किएपछि समितिका सभापति पूर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले ३ दिन सिक्टा सिँचाइ राष्ट्रिय राष्ट्रिय गौरवको यो आयोजनाको मूलबाँध तथा मूलनहरको स्थलगत अनुगमन गरी समितिले जानकारी लिएको छ ।
स्थानीयसँग समेत उक्त अन्तरक्रिया गरेको छ ।
स्थानीयबासीले संसदीय समितिलाई निर्माण व्यवसायीले गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेको, आयोजनाका कर्मचारी समेत ठेकेदारसँग मिलेकोलगायतका गुनासो गरेका थिए ।
स्थानीयले डिजाइन भन्दा फरक रुपमा संरचना तयार पारेको भन्दै निर्माण कम्पनीलाई तत्काल कडा कारवाही गर्न माग गरेका छन् । कालिका कन्स्ट्रक्सन राप्रपाका नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी हो ।
यो कम्पनीले देशका अन्य स्थानमा निर्माण गरेको भौतिक संरचनामा समेत समस्या देखिएको छ ।
स्थलगत अनुगमन टोलीमा सांसद सत्यनारायण शर्मा खनाल, राजबहादुर बुढा क्षेत्री, शान्तिमाया तामाङ पाख्रीन र शान्ता चौधरी उपस्थित थिए ।
सिक्टा आयोजनाको अनुगमनमा टोलीसँगै बाँकेका सांसद महेश्वर गहतराज, पूर्वसांसद देवराज भार, प्रदेशसभा सदस्य आईपी खरेल र कृष्णा केसीलगायतको पनि सहभागी थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेकाले दोषीलाई कडा कारवाही गराउने वातावरण सृजना गर्न समेत समितिले अनुरोध गरेको छ ।
...
शुक्रबार, २६ असोज २०७५
प्रतिक्रिया