यस्तो बन्यो शंखमूलको ‘शंखपार्क’

‘पार्क प्रवेश गर्न कुनै शूल्क नलिने योजना’
निर्माण सञ्चार, ललितपूर | शंकमूलको शंखपार्क पहिले भन्दा धेरै परिवर्तन भएको छ । निकै आकर्षक बनाइएको यो शंखपार्क अढाई करोड रुपियाँ खर्चेर बनाइएको हो ।

उक्त पार्कमा रहेको शंखलाई ठूलो बनाइएको छ भने वरिपरि गार्डेनले सजाइएको छ ।

नजिकै बगिरहेको बाग्मतीको नदीको समेत पौराणिक महत्त्व बोकेको यो शंखपार्क ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो पार्कको रुप बदलेर लोभ लाग्दो बनाएको हो ।

सो पार्कको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा भने ललितपुर महानगरपालिकाले पाएको छ । स्तरीय रुपमा सजाइएको यो शंकपार्कले शंखमूलको पहिचनलाई अझै उचो बनाएको छ ।

स्थानीयहरुले धार्मिक तथा पौरणिक हिसावले महत्व राख्ने सो क्षत्रेको पार्क निर्माणले गरीमा बढाएका बताए ।

महानगरपालिकाका प्रवक्ता राजु मानन्धरकाअनुसार उक्त पार्क प्रवेश गर्न कुनै शूल्क नलिने योजना लिइएको छ । तर, पार्कको व्यवस्थापनका लागि निजी क्षेत्रको सहयोग लिइने बताइएको छ ।

शंखपार्कलाई पर्यटकीय गन्तब्यका रुपमा समेत विकास गरिने प्रवक्ता मानन्धरको दाबी छ ।

...

आइतबार २८ असोज २०७५ 

प्रतिक्रिया

Related