अस्ताए तुलाधर !

निर्माण सञ्चार, काठमाडौँ | पञ्चायत कालदेखि वाम नेताका रुपमा छवि बनाएका तर पछिल्ला दिनमा भने जातीय पहिचानवादी नेताका रुपमा चिनिएका पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको निधन ७७ वर्षको उमेरमा हुन पुगेको छ ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा तुलाधरको आइतबार दिउँसो निधन भएको हो ।

परिवारजनले बताए अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको चिकित्सकहरुले जानकारी दिए । उनमा मुटुको समस्या समेत थियो भने उनी उच्च रक्तचापका रोगी समेत थिए ।

मधुमेहको समस्याबाट पनि ग्रसित तुलाधर केही समयदेखि फोक्सोका पनि रोगी थिए ।

अन्नपूर्ण न्युरो अस्पताल पछि उनको मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले बतायो ।

अस्पताल स्रोतअनुसार आइतबारको दिन मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि तुलाधरको निधन भएको हो । उनको शव अस्पतालबाट निजी निवास लगेपछि अन्तिम संस्कार गरिने छ ।

...

आइतबार, १८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related