गौचनहत्या प्रकरणमा समीरमान पत्नी माया पनि पक्राउ ! के भने ३ कैदीले ? किन परिन् पक्राउ ?

निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या प्रकरणका प्रमुख अभियुक्त गुन्डा नाइके समीरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।

गौचन हत्या प्रकरणदेखि अन्य ३ घटनामा संलग्नहरुलाई हतियार दिनेसम्मको काम उनीबाटै भएको यस अघि पक्राउ परेका कैदीहरुले बयान दिएपछि थप छानबिन गर्न उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गतसाल असोज २३ गते अपराह्न नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट निस्कने क्रममा गौचनको गोली हानी हत्या गरिएको थियो ।

उक्त घटनापछि समीरमान सुटर समूहका गुन्डाहरु धमाधम पक्राउ परेका थिए ।

उनका श्रीमान समीरमान सिंह यतिबेला प्रहरी हिरासतमै छन् । केही समय अघि समीरमानलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गरेको थियो ।

तर, सो घटनालाई श्रीमती शेरचनले समीरमानलाई प्रहरीले इन्काउन्टरको ‘षयडन्त्र’ गरेको समेत आरोप लगाएकी थिइन् ।

मुद्दा दायर गरेपछि हाल समीरमानलाई केन्द्रीय कारागृहको गोलघरमा राखिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले श्रीमती शेरचनलाई पक्राउ गरेको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।

शेरचनलार्इ स्वयम्भूस्थित ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखा स्रोतले जानकारी दियो ।

किन पक्राउ परिन माया शेरचन ?

गौचन हत्या प्रकराणमा संलग्न अभियुक्तहरुको बयानका आधारमा गुण्डा नाइके समीरमानकी श्रीमती माया शेरचन पक्राउ परेकी हुन् ।

गत असोजमा भएको गौचन हत्यादेखि बुटवलका दुर्गा तिवारीको हत्यासम्म गरी ३ ओटा गोलीकाण्डमा माया शेरचनले हतियार ‘सप्लायर्स’को भूमिका निर्बाह गरेको बयान यस अघि पक्राउ परेका अभियुक्तहरुले दिएका छन् ।

समीरमान समूहका ३ जना सुटर प्रहरीले पक्राउ गरेपछि यसको भेद खुलेको थियो ।

समीरमानलाई पक्राउ गरिसकेपछि पनि व्यवसायीहरुलाई फोनबाट धम्की दिन नछाडेका लोप्साङ लामाको पक्राउपछि शेरचनको पोल खुलेको थियो ।

सबैभन्दा पछिल्लो पटक पक्राउ परेका बिर्तामोडका गुन्डा लोप्साङ त्यस अघि उदयपुरका अमरबहादुर राना र नागार्जुनका रोशन बूढाथोकीले दिएको बयानले ३ वटा घटनामा श्रीमती शेरचनको संलग्नता देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको दाबी छ ।

उनीहरु तिनै जनाले एउटै बयान दिएका हुन् । काठमाडौंको आलोकनगरको गोली काण्डमा गौचनको हत्या भएको थियो ।

उक्त घटनाको अभियोगमा यही कात्तिक १२ गते प्रहरीले संलग्नहरु लोप्साङ, अम्बरबहादुर र रोशनलाई पक्राउ गरेको थियो ।

महाशाखा प्रहरी स्रोत अनुसार श्रीमती शेरचनले युवा संघ नेता दुर्गा तिवारीको बुलटल हत्या काण्डमा, गौचन हत्या काण्ड र काठमाडौं बौद्धस्थित दिव्या हस्पिटालिटीमा गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारका घटनामा प्रयोग भएको पेस्तोल मायाले नै उपलब्ध गराएकी थिइन् ।

 


...

आइतबार, १८ कात्तिक, ०७५

 

प्रतिक्रिया

Related