जनकपुरमा चल्ने रेलको इन्जिन परीक्षण

अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी
निर्माण सञ्चार, काठमाडौँ । भारतको बथनाबाट विराटनगरको बुधनगरस्थित कष्टम याडसम्म रेल आइपुगेको छ। आइतबार वथनाहादेखि छुटेको रेलको नेपालको विराटनगरसम्मको रेलमार्गमा इन्जिन परीक्षण गरिएको छ ।

बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो ।

रेलको इन्जिन केही बेर राखेर पुन भारततर्फ नै लगिएको छ ।

अबको ४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने यू बिजी रेललाइन प्रोजेक्ट जोगबनी विराटनगरका प्रोजेक्ट हेड आश्विनी कुमारले बताए ।

बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ ।

जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ । पहिलो चरणमा आठ किलोमिटर मात्र रेलमार्ग निर्माण भएको हो ।

उक्त रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ। तर, कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ।

निर्माण कम्पनीले मुआब्जालगायत विवाद समाधान भएमा अबको डेढ वर्षमै रेल कटहरी गाउँपालीका पुग्ने बताएको छ ।

पोजेक्ट हेड कुमारले भने ‘नेपालतर्फको मुआब्जा विवाद समाधान भए आगामी डेढ वर्षमा रेल कटहरी पुर्याउँछौँ ।’ उक्त रेलमा भारतीय सरकार तथा भारतीय रेलवेका प्रतिनिधि सवार थिए ।

...

आइतबार, १८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related