सनराइज बैंकले एक अर्बको ऋणपत्र जारी गर्नेः ब्याजदर दश प्रतिशत

निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले १ अर्ब रुपियाँको ऋणपत्र जारी गर्ने भएको छ ।

‘सनराइज डिवेञ्चर २०८०’ (ऋणपत्र) जारी गर्न बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

पाँच वर्ष परिपक्व अवधि रहेको उक्त ऋणपत्रले वार्षिक दश प्रतिशत ब्याज प्रदान गर्नेछ भने भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

बैंकले निष्काशन गर्ने कूल ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपियाँ बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट मार्फत् विक्री गरिनेछ भने २० प्रतिशत अर्थात २० करोड रुपियाँ बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गरिने बैंकले बतायो ।

यो बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

असोज मसान्तमा बैंकको कुल निक्षेप ७५.७९ अर्ब रहेको छ भने कुल कर्जा ६६.८२ अर्ब रहेको छ ।

...

सोमबार, १९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related