सत्तारुढ दल नेकपाले पायो वैधानिकता

निर्माण सञ्चार, काठमाडौँ | निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युष्ट पार्टीको नामलाई वैधानिकता दिएको छ ।

तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो ।

उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले कट्टेलले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । सोही विवादलाई टुङ्याउँदै आयोगले शुक्रबार वैधानिकता दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दलको इजलासले नेपाल कम्युनिष्ट पार्टी नाम भएको र पहिचान खुलेको सात वटा दल आफैमा फरक–फरक भएको हुनाले सत्तारुढ पार्टीको पनि आफ्नै पहिचान भएको हुँदा सो फैसला सुनाएको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ अन्तर्गत उपदफा २ ले ऐन प्रारम्भ हुँदा कानुन बमोजिम आयोगमा दर्ता भएको दलले मान्याता पाउँदा सत्तारुढ दलले वैधानिकता पाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र कट्टेलको नेतृत्वमा दर्ता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी ऐनको दफा ६ को उपदफा (१) को खण्ड (ङ) अनुसार आयोगमा दर्ता कायम रहेको हुँदा फरक भएको स्वतः वैधानिकता पाएको उल्लेख गरिएको छ ।

...

शुक्रबार ९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related