यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालको जित

२–० ले भारतको हार, प्रतियोगितामा नेपालको पहिलो जित
निर्माण सञ्चार, काठमाडौँ | एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा भारतलाई हराउँदै नेपालले जित हासिल गरेको छ ।

थाइल्याण्डमा शुक्रबार भएको खेलमा नेपालले २–० गोल अन्तरले भारतलाई हराएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा भने नेपाली चेलीहरु दुई गोल गर्न सफल भए ।

रेखा पौडेलले ५९ औं मिनेटमा नेपाललाई अग्रता दिलाइन् । साथै निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी हुँदा रेखाले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरेकि थिइन् ।

प्रतियोगितामा नेपालको यो पहिलो जित पनि हो ।

नेपाल घरेलु टोलीले पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले हारेको थियो ।

आइतबार पाकिस्तानसँग खेल्नेछ ।

समूह बीमा नेपालसँगै थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तान रहेका छन् ।

...

शुक्रबार ९ कार्तिक २०७५  

प्रतिक्रिया

Related