किन तोडियो रघुगंगा जलविद्युत्को ठेक्का ?

बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न हुने
निर्माण सञ्चार, काठमाडौँ | ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ ।

१८ महिनामा सकिनुपर्ने भवन निर्माणको काम ८ वर्षसम्म पनि पूरा गर्न नसकेपछि ठेक्का तोडिएको हो ।

पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए ।

प्रबन्ध सञ्चालक पाण्डेका अनुसार पुरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न हुनेछ ।

म्याग्दीमा सञ्चालित रघुगंगा जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगंगा गाउँपालिका–३ पिप्लेमा १८ महिनामा १० वटा भवन बनाउन कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले ११ करोड १० लाख ६७ हजार रुपियाँमा मा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले २०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेकोमा अहिलेसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जगसमेत हालेको छैन ।

निर्माण व्यवसायीको चरम लापरवाही र ढलासुस्तीले अन्य भवन अलपत्र अवस्थामा रहेका रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले जानकारी दिए ।

उक्त आयोजनाको भवन निर्माण सम्पन्न नहुँदै जीर्ण र पुरानो हुन थालेपछि स्थानीयवासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए ।

व्यवसायीले ढलान गरेर भवन ठड्याए पनि अझै पलास्टर, रङ्गरोगन, विद्युत्, खानेपानी जडान गर्न बाँकी नै छ ।

 

 

...

 


आइतबार ११ कार्तिक २०७५

 

प्रतिक्रिया

Related