वायु प्रदुषणबाट वार्षिक कतिको जान्छ ज्यान ?

मृत्यु हुनेमा बालबालिका मात्रै ६ लाख !
निर्माण सञ्चार, काठमाडौँ | वायु प्रदुषणबाट विश्वभर वार्षिक ७० लाखको ज्यान जाने गरेकोे तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार वायु प्रदुषणबाट वार्षिक मृत्यु हुनेको संख्यामध्ये बालबालिको संख्या नै ६ लाख रहेको छ ।

डब्लुएचओका अनुसार वायु प्रदूषणका कारण प्रत्येक वर्ष १५ वर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको छ ।

पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदूषणका कारण श्वास प्रश्वासमा प्रत्यक्ष असर पर्ने डब्लुएचओले बताएको छ ।

वर्षिक छ लाख बालबालिकाको प्रदूषणका कारण मृत्यु हुने सो तथ्यांक सन् २०१६ को समाचारमा जनाइएको छ । डब्लुएचओले भनेको छ ‘उक्त संख्या अक्षम्य छ, सम्पूर्ण बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ ।

त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,’ प्रत्येक दश जनामध्ये नौ जनाले प्रदूषित स्वास लिने तथ्यांकले देखाउँछ ।

यसबाट लाग्ने रोगका कारण प्रत्येक वर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको डब्लुएचओको दाबी छ । वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ ।

प्रतिवदेन अनुसार प्रत्येक दश जनामध्ये एक बालबालिकाको सोही कारणले मृत्यु हुने गरेको छ ।

वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

....

मंगलबार, १३ कार्तिक २०७५ 

प्रतिक्रिया

Related