प्रधानमन्त्रीको स्वास्थ्य अपडेटः अस्पतालबाटै के भने ओलीले ?

निर्माण सञ्चार, काठमाडौँ | शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् ।

सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित देखिएको थियो ।

प्रधानमन्त्री ओलीले मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पताल भर्ना भएको बताए ।

मंगलबार उनले वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताएका छन् ।

ओलीले भनेका छन् ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ ।

यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’

उनले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको समेत बताएका छन् ।

धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै ओलीले यस्तो काम नगर्न र नगराउन अनुरोध गरेका छन् ।

यस सँगै प्रधानमन्त्री ओलीले अपराध कर्ममा संलग्न हुने, प्रमाण नष्ट गर्ने वा अवराधी बचाउनेलाई कडा कारबाही गर्ने समेत बताए । चिकित्सकहरुले आफूलाई छिट्टै डिस्चार्ज हुने जानकारी गराएको उनको भनाई छ ।

यस्तो छ प्रधानमन्त्रीको सन्देश 

...

मंगलबार, ११ कार्तिक २०७५ 

प्रतिक्रिया

Related