रौतहटमा खुल्न थाले धमाधम ठूला उद्योग !

उद्योग क्षेत्रमा बन्दै लगानीको वातावरणः ३ उद्योग चाडै संचालनमा आउँदै
निर्माण संचार, रौतहट | रौतहटमा धमाधम ठूला उद्योग खुल्न थालेका छन् ।

उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएपछि ठूला उद्योगमा लगानी गर्ने व्यवासायी बढेका छन् ।

सोहीकारण रौटहटमा उद्योग संचालमा तीव्रता आएको हो । केही सयमपछि जिल्लामा ३ ठूला उद्योग सञ्चालनमा आउने भएका छन् ।

कुन–कुन उद्योग खुल्ने ?

अब चाडै नै कटहरिया नगरपालिका–९, डुमरियामा बाबा वैजनाथ चिनी उद्योग, चन्द्रपुर नगरपालिका–९ बालचनपुरमा गोदावरी स्टिल इन्डस्ट्रिज तथा एभरेस्ट डिस्टिलरी उद्योग खुल्न लागेका हुन् ।

लगानीकर्ताका अनुसार चिनी उद्योगमा १ अर्ब २५ करोड रुपियाँ लगानी भइसकेको छ ।

अगामी वर्षदेखी उद्योगले उखु क्रसिङ सुरू गर्ने भएको छ ।

चन्द्रपुरमा सञ्चालनमा आउन लागेको गोदावरी स्टिल इन्डस्ट्रिजमा हाल धमाधम उपकरण जडान भइरहेको छ । यो उद्योगले अबको दुई महिनाभित्रै फलामे रड उत्पादन गर्ने बताएको छ ।

यता एभरेस्ट डिस्टिलरी पनि खुल्ने तयारीमा रहेको घरेलु तथा साना उद्योग कार्यालय गौरका प्रमुख जयकान्त झाले जानकारी दिए ।

उनकाअनुसार कार्यालयमा सातवटा ठूला लगानीका उद्योग दर्ता भएकामा तीनवटाले सञ्चालनको अन्तिम तयारी गरेका हुन् ।

प्रमुख झाले उद्योग दर्ताबाट मात्रै १ करोड ८ लाख रुपियाँ राजस्व संकलन भएको दाबी गरे ।

रौतहटमा रहेको श्रीराम सुगर मिल, बाबा डिस्टिलरीलगायत ठूला उद्योग यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

नयाँ उद्योगले रौतहटमा रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक समृद्धिमा सहयोग गर्ने चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुनील जयसवालको भनाई छ ।

...

बुधबार, १४ साउन २०७४ 

प्रतिक्रिया

Related