यो वर्ष पनि दिएन तामाकोसीले विजुली !

अब कहिले आउला तामाकोसी संचालनमा ?
निर्माण सञ्चार, काठमाडौँ | अघिल्लो वर्ष सबैको घर–घरमा ग्यासको पाइप पुर्याउने सपना बाँडेका प्रधानममन्त्री केपी शर्मा ओलीले यस वर्ष भने प्रत्येक घरको भान्सामा विजुली पुर्याउने बताउँदै आएका छन् ।

विद्युत् प्राधिकरणले पनि यो आर्थिक वर्षपछि माथिल्लो तामाकोसीब सहितका अन्य जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी विद्युत् केन्द्रीय प्रशारण लाईनमा विद्युत् थपिने बताएको थियो ।

तर, चार सय मेगावटको तामाकोसीबाट प्रसारण लाईनमा विद्युत्को अधिकतम भार परी मुलकमा सहज रुपमा विद्युत् परिचालन गर्न सकिने भन्दै सरकारले राखेको सपना भने यस वर्ष पनि सफल नहुने भएको छ ।

स्वदेशी लगानीको सबैभन्दा ठूलो तामाकोशी अगामी वर्षको कात्तिकमा मात्रै सञ्चालनमा आउने भएपछि यो आयोजनाबाट सरकारले राखेको सपना सपना मै समिति भएको छ ।

आयोजनाको हाइड्रोमेकानिकलतर्फको कामले तीव्रता नपाएपछि आयोजनाको काम एक वर्ष पछाडि धकेलिएको हो । यसअघि लिइएको लक्ष्यअनुसार यो आयोजनाको आउँदो पुषमै पहिलो युनिट संचालन भइसक्नुपर्ने थियो ।

आयोजनाको गत वैशाखमै ६ वटै युनिट सञ्चालन गरिसक्ने योजना लिइएको थियो । तर, आगामी असारमा मात्रै टनेलमा पानी खस्ने भएको छ भने कात्तिकबाट व्यवसायीक उत्पादन सुरु हुनेछ ।

०७२ साल असारमै बिजुली उत्पादनको लक्ष्य राखेर निर्माण सुरु गरिएको उक्त आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण थप ३ वर्ष ढिलाइ भएको तामाकोशी हाइड्रोपावर कम्पनीका कार्यकारी प्रमुख विज्ञान अधिकारीले बताए ।

२०६७ साल भदौदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा बनाउन थालिएको यस आयोजनाको निर्माणले गति नलिएपछि लागतसमेत बढ्दै गएको छ ।

तमाकोशी आयोजनामा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजनामा नेपाल सरकारसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषलगायत देशका ठूला संस्थाको ऋण लगानी छ ।

जसअन्तर्गत कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बिमा संस्थानले दुई अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेको छ ।

...

बुधबार, १४ साउन २०७४ 

प्रतिक्रिया

Related