टर्कीले बनायो विश्वकै ठूलो विमानस्थल !

१२ अर्ब डलर लागत
निर्माण सञ्चार, काठमाडौँ | टर्कीले विश्वकै सबैभन्दा ठूलो विमानस्थल सञ्चालनमा ल्याएको छ ।

आफ्नो ९५औँ स्थापना दिवसको अवसर पारेर टर्कीले विश्वकै ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको हो ।

गत सोमबार राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औँ स्थापना दिवसको अवसरमा यो विमानस्थलको उद्घाटन गरेका थिए ।

करिब १२ बिलियन(१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले बताएको छ ।

आउँदो डिसेम्बरबाट पूर्ण रुपमा संचालनमा आउने उक्त विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास लिइएको छ ।

टर्किस अधिकारीहरुका अनुसार ७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलबाट दैनिक दुई लाख यात्रुहरु आवातजावत गर्न सकनेछन् ।

स्तानबुलमा बनाइएको यो एयरपोर्ट टर्कीको इतिहासमै सर्वाधिक महंगो प्रोजेक्ट हो ।

एयरपोर्ट निर्माणमा २ लाख कामदारले आफ्नो श्रम बेचेका थिए । यस बीचमा ३० जना भन्दा बढी कामदारले ज्यान नै गुमाए ।

अधिकारकर्मीहरुले भने ४२ महिनाको अवधिमा ३८ कामदारले ज्यान गुमाएको दाबी गरेका छन् ।

वातावरण संरक्षणकर्मीहरुले भने यो विशाल एयरपोर्टले वातावरणीय क्षति हुने भन्दै यसको आलोचना गरेका छन् ।

एजेन्सीको सहयोगमा

...

बुधबार, १४ साउन २०७४ 

प्रतिक्रिया

Related