राजधानीका सडकका खाल्डा नपुरेपछि प्रधानमन्त्री कार्यालयले लिदै स्पष्टीकरण

‘पटक–पटक ताकेता गर्दा पनि सडकको अवस्था उस्तै’
निर्माण सञ्चार, काठमाडौँ | राजधानीका सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे विभिन्न संचार माध्यमबाट समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धित कार्यालयका प्रमुखहरूलाई मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।

सडकमै रहेको खाल्डोमा परेर कीर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले विभिन्न मिडियाले फरक–फरक शिर्षकमा सडकका खाल्डाबारे समाचार सम्प्रेषण गरेपछि सम्बन्धित कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरपालिकालाई शुक्रबार छलफलमा बोलाएको कार्यालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

सचिव अधिकारीका अनुसार सडकका खाल्डा पुर्न तथा लत्रिएका तारहरू हटाउन प्रधानमन्त्रीबाट सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन भएको तथा प्रधानमन्त्रीको कार्यालयबाट पटक–पटक ताकेता हुँदासमेत प्रभावकारी काम हुन नसकेकाले छलफलका लागि बोलाइएको हो ।

‘प्रधानमन्त्रीको निर्देशनअनुसार सडक सुधारमा कति काम भए भनेर पटक–पटक ताकेता गरिरहेका छौँ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले भने, ‘२८ असार, १५ साउन र त्यसपछि पनि सम्बन्धित मन्त्रालयलाई पटक–पटक ताकेता हुँदै आएको छ । तर पनि खाल्डा जस्ता को त्यस्तै अवस्थामा रहेको हुँदा प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको छ ।’

....

बिहीबार १५ कार्तिक २०७५ 

प्रतिक्रिया

Related