यी हुन् सरकारले छानेका १०० वटा नयाँ पर्यटकीय गन्तव्य

विशेष रुपमा विकास, प्रचार/प्रसार र संरक्षण गरिने
निर्माण सञ्चार, काठमाडौँ | सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य स्थल छानेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।

मन्त्रालयले पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरेको छ ।

ती १०० गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । यसअघि नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए ।

सो स्थानमध्ये कुन गन्तव्यलाई सयवटा भित्र समेटेर प्रवद्र्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न किसिमका आधार तय गरेको थियो ।

नयाँ छनोट भएका पर्यटकीय गन्तव्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको समेत सहयोग लिएर घुम्नयोग्य बनाइने मन्त्रालयले बताएको छ ।

सम्भावना भएर पनि ओझेलमा परेका ती गन्तव्यलाई अब विशेष रुपमा विकास, प्रचार/प्रसार र संरक्षण गरिने मन्त्रालयको योजना छ ।

‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवद्र्धन गर्ने योजना लिइएको छ ।

 

 


 ....

बिहीबार १५ कार्तिक २०७५ 

प्रतिक्रिया

Related