कस्तो बन्दैछ कोटेश्वर–कलंकी सडकखण्ड, के हुँदैछ काम ?

थप गरिएको समयमै सम्पन्न होला त काम
निर्माण सञ्चार, काठमाडौँ | कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ । चीनको अनुदानमा निर्माणधिन यो सडकखण्डको अहिले अन्तिम चरणको काम भइरहेको छ ।

हाल अन्तिम चरणको काम बल्खु पुलदेखि एकान्तकुनासम्म लगभग सम्पन्न भएको छ । अन्तिम पटक थप गरेको समयमै सक्नेगरी आयोजनाले काम गरिरहेको छ ।

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको यो आयोजनाको काम अगामी मंसिर २९ (डिसेम्बर १५, २०१८) मा सक्नु पर्नेगरी अन्तिम सम्झौता गरिएको छ ।

झन्डै साढे तीन वर्ष (४० महिना)मा काम पूरा गर्ने गरी सन् २०१३ जुनमा कोटेश्वर–कलंकी सडक खण्ड विस्तारको काम थालिएको थियो । तर, ०७२ वैशाख १२ (२०१५ अप्रिल २७) को विनाशकारी भूकम्पपछि लामो समय कामले गति लिन सकेन ।

यसकारण भूकम्पपछि सो सडकखण्ड विस्तारका लागि अन्तिमपटक २०१८ जुलाई १५ सम्मको समय थप गरिएको थियो ।

तर, त्यो समयमा पनि काम पूरा हुननसकेकोपछि पुन ५ महिना (मंसिर २९ गतेसम्म) समय थप गरिएको हो ।

यो सडकखण्ड निर्माणको लागत भने ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) रहेको छ ।

के–के हुँदै छ काम ?

अहिले कोटेश्वरदेखि कलंकीसम्म १० किलोमिटर आठ लेन (५० मिटर चौडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बख्खु पुलदेखि कलंकी खसीबजारसम्म भने केही काम बाँकी छ ।

अन्य क्षेत्रमो अन्तिम लेयरको पिट भइरहेको छ । यो सडकखण्डको अधिकांश काम सम्पन्न भएकाले हाल अन्तिम लेयरको पिट, सडक पेन्टिङ, सजावट लगायतका काम भइरहेको आयोजनाले बतायो ।

यसैगरी, कलंकी अन्डरपासको काम पनि सम्पन्न भएको छ ।

...

शुत्रबार, १६ कार्तिक २०७५ 

प्रतिक्रिया

Related