कक्षा कोठामै वडा कार्यालय संचालन !

निर्माण सञ्चार, जुम्ला | कार्यालयका लागि उपयुक्त भवन नपाएपछि तिला गाउँपालिका ७ नम्बर वडा कार्यालय विद्यालयको कक्षा कोठामा संचालन भईरहेको छ ।

सार्वजनिक जग्गाको अभाव, तथा पुर्वाधार व्यवस्थापनमा सकस हुँदा ७ नम्बर वडा कार्यालय कक्षा कोठामा संचालन गरिएको हो ।

स्थानीय सरकार संचालनको दुई वर्ष बित्न लागिसक्दा पनि कार्यालयको लागि उपयुक्त भवन नपाएको, पाएपनि व्यवस्थित नभएको भन्दै गाउँमा रहेको कालिका आधारभुत विद्यालयको कक्षा कोठालाई वडा कार्यालय बनाइएको छ ।

तीन गाउँ रहेको उक्त वडामा स्थानीयले आ(आफ्नो गाउँमा वडा कार्यालय राख्नुपर्ने दाबी गर्दा समस्या भएको हो ।

तीनै गाउँका स्थानीयले आ–आफ्नो गाउँमा वडा कार्यालय हुनुपर्ने माग गर्दै विवाद गरेपछि आफ्नै भवन नहुन्जेल विद्यालयमा कार्यालय संचालन गरिएको वडा कार्यालयले जनाएको छ ।

घोसेसिन, तुहि र प्रोखीका स्थानीयले आ(आफ्नो पाईक पर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने दाबी गरिरहेका छन् ।

स्थानीय धनपति बुढाले गाउँपालिकाको केन्द्र पुग्नका लागि सबैका सुविधाका हिसावले तुहिनमै केन्द्र हुनुपर्ने बताए ।

आगामी दिनमा हुने विकास र भौतिक संरचना निर्माण गरी स्थानीय सिंह दरबार गाउँ–गाउँमा पुगेको अनुभुति दिलाउन पनि घोडेसिन र प्रोखीमै हुनुपर्ने स्थानियको माग छ ।

विद्यालयको कोठामै कार्यालय संचालन गरिने वडा अध्यक्ष हस्त बहादुर बुढाको भनाई छ ।

विद्यालयको कोठा खाली र विद्यार्थीको लागि अन्य कक्षा कोठा प्रयाप्त भएकाले सार्वजनिक सम्पतिको सदुपयोग गरिएको उनको भनाई छ ।

सर्वसाधारण वडा अध्यक्षलाई खोज्नुपर्ने समस्याबाट छुटकरा दिन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन खालि विद्यालयको कक्षा कोठामा कार्यालय संचालन गरिएको अध्यक्ष बुढाले बताए ।

पढाईमा समस्या नहुने गरी विद्यालयसँग समन्वय गरेर संचालन गरिएको छ ।

उता गाउँपालिकाले भने तुहि मै उपयुक्त स्थान छनोट गरेर ७ नम्बर वडा कार्यालय स्थापना गरिने गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताईन ।

उनले भनिन, स्थानीय सरकारले दुई वर्षमा पनि वडा कार्यालयको व्यवस्थापन गर्न नसक्नु दुखद पक्ष हो, तर स्थानीयको खिचातानी र विवादले समस्या निम्तिएको उल्लेख गरिन् ।

एकातर्फ कार्यालयको लागि उपयुक्त घर नपाएको, अर्कोतिर आ–आफ्नै गाउँमा हुनुपर्ने भन्दै विवाद भएपछि वडा कार्यालय तोक्न नसकिएको उनको भनाई छ ।

सबैको पाएक पर्ने गरी तुहि गाउँमा नै ७ नम्बर वडा कार्यालय राख्ने विषयमा निर्णय हुन मात्रै बाँकि रहेको छ ।

बुढाले भनिन्, ‘हामी छिट्टै छलफल र सहकार्य गरेर सबैलाई हित हुनेगरी निर्णय गर्छौ’, ‘वडामा सार्वजनिक स्थान नभएको र व्यक्तिगत जग्गा दिने विषयमा सहमति भएका कारण खाली रहेको विद्यालयको भवनमा अल्पकालिन रुपमा कार्यालय संचालन भईरहेको हो ।’

विद्यालयको कक्षाकोठा साघुँरो तथा धमिरा परेको अवस्थामा छ । त्यसको स्तरोन्नतिका लागि साढे गाँउपालिकाले २ लाख बजेट छुट्टाएको तिला गाउँपालिकाले जनाएको छ ।

खालि कोठाको सदुपयोग, भत्किन लागेको निमार्ण हुने र साथमा सबैले सेवा पनि भवनबाटै पाउने अपेक्षाकासाथ खालि विद्यालय भवनमा वडा कार्यालय संचालन गरिएको हो ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

शुत्रबार, १६ कार्तिक २०७५ 

प्रतिक्रिया

Related