एफक्यान दौडधुपः भौतिकमन्त्री र ऊर्जामन्त्रीसँग डेलिगेसन

‘निर्माण व्यवसायीको क्षमता विस्तार गर्न सरकार तयार’
निर्माण सञ्चार, काठमाडौँ | निर्वाचनपछि मन्त्रीस्तरीय भेटघाटमा व्यस्त नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) टोलीले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई भेटका छन् ।

महासंघको नव निर्वाचित अध्यक्ष रवि सिंहको नेतृत्वमा बिहीबार गएको प्रतिनिधिमण्डलले निर्माण व्यवसायीका समसामहीक समस्यका विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराएको थियो ।

भौतिकमन्त्री महासेठसँग पनि भेट

महासंघको प्रतिनिधिमण्डलले बिहीबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पनि भेटेका छन् । मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको क्षमता विस्तार गर्न सरकार तयार रहेको बताए ।

महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री महासेठले मुलुक समृद्ध बनाउने मुख्य जिम्मा स्वदेशी निर्माण व्यवसायीहरुकै भएकाले उनीहरुको क्षमता विस्तार हुनुपर्ने दाबी गरे ।

मन्त्री महासेठले निर्माण जगतलाई समृद्ध बनाउन विद्यमान ऐन कानून परिमार्जन गर्न समेत सरकार तयार रहेको बताए ।

स्थानीय निकायको काम, कर्तव्य र अधिकारबारे सबै कुरा प्रष्ट नहुँदा भुक्तानीको समस्यमा रहेको स्विकार गर्दै मन्त्री महासेठले प्रक्रिया पुर्याएर सबै व्यवसायीको रकम भुक्तान गरिने समेत स्पष्ट पारे ।

निर्माण व्यवसायी कोषलाई व्यवस्थित गरिने पनि मन्त्री महासेठको भनाई थियो ।

भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या र समाधानका उपायका बारेमा मन्त्री महासेठलाई जानकारी गराएको थियो । यससँगै व्यवसायीले मुलुकी अपराध (संहिता) ऐनप्रति कडा आपत्ति जनाएको छ ।

सबै साना निर्माण व्यवसायीहरुलाई समेत सहज रुपमा बोलपत्रमा सहभागी हुन पाउने वातावरण बनाइदिन पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासंघका मनार्थ सदस्य जीप छिरिङ लामा शेर्पा, उपाध्यक्ष आङ दोर्जे लामा (एडी), उपमहासचिव टंकप्रसाद चौलागाई (नीतिगत), कोषाध्यक्ष हिरण श्रेष्ठ, केन्द्रीय सदस्यहरु अशोक केसी, सुरज जंग मल्ल, प्रमोद लामिछाने, मोहनकुमारी कालिकोटे, मंगल शाही, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

पढौँ यो पनि,
महासंघ अर्थमन्त्री भेटः ‘अब पर्याप्त बजेट छुट्टाएर मात्रै ठेक्का प्रक्रियामा जाने’

...

शुत्रबार, १६ कार्तिक २०७५ 

प्रतिक्रिया

Related