‘विदेशी परामर्शदाता नभई ठूला प्रोजेक्ट बन्दैन भन्ने दिन अब सकिए’ नेता नेपाल

‘गौरवका आयोजनाहरु मध्येकै कार्यप्रगति हेर्दा आनन्दा लाग्ने साइट’: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
निर्माण सञ्चार, पोखरा । सरकारले सूचीकृत गरेका २१ राष्ट्रिय गौरवका आयोजना मध्ये कार्यप्रगतिका हिसाबले यतिबेला चर्चामा रहेको परियोजना हो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

क्षेत्रिय विमानस्थलका रुपमा चिनाइए पनि देशकै प्रमुख पर्यटकीय नगरी पोखराको कायाकल्प गर्ने ठानिएको यो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ९ महिने प्रधानमन्त्री कालमा । 

अर्थात् विमानस्थलको शिलान्यास २०७३ वैशाख १ गते भएको थियो ।

जतिबेला यसको शिलान्यास भएको थियो नेपाल र नेपालीहरु दक्षिणी मित्रराष्ट्र भारतको ‘उपहार’ स्वरुप नाकाबन्दीको मारको आलो घाउ बिसेक भएको थिएन ।

आजको इन्फोर्मेसन टेक्नोलोजीको युगमा कुनै पनि मुलुक त के एउटा व्यक्ति पनि विश्वसँग ‘लिंक’मा रहन सक्छ । तर, दुई ठूला अर्थतन्त्र भएका मुलुकका बीचमा रहेको नेपालले भने एउटा मुलुकको नाकाबन्दी खेपिरहँदा दोस्रो छिमेकीसँग साइनो नै गाँस्न नसक्नुको बिडम्बना त्यतिबेला देखिन्थ्यो ।

मुलुकले अन्तर्राष्ट्रिय जगत्सँग जोडिने प्रशस्त पूर्वाधार विकास गर्न नसक्नुको विडम्बना पनि झल्किन्थ्यो त्यो परिघटना ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यसर्थमा पनि नमूना बनेको थियो कि यसले राष्ट्रिय गौरवका आयोजनाहरुमा, त्यसमा पनि उड्यन क्षेत्रमा पहिलो पटक नेपालले चीनलाई भित्र्याएको थियो ।

शिलान्याससँगै सरकार बदलिने क्रम रोकिएन । तैपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चौतर्फी अवरोधका बाबजुद आफ्नो काममा थकाइ मारेन ।

सरकारी पक्षका प्राविधिक त्रुटिहरु केलाउने हो भने भनिसाध्य छैन । तैपनि चिनियाँ इन्भोल्मेन्टसँगै दृढ इच्छा शक्ति भएका नेपालीहरुको रातदिनको पहलकदमीले कामले गति लिंदै गयो ।

‘एड्भान्स्ड माइन्ड’ भएका र मुलुकको समृद्धि चाँडै देख्न चाहने नेपाली कन्सल्टिङ फर्म तथा इन्जिनियरहरुले नेतृत्व लिएकाले पनि यो विमानस्थल नमूना बन्ने दिशातिर उन्मुख छ भन्दा अतिशयोक्ति हुँदैन ।

किनकि, सरकारले आफैं इनिसिएसन लिएर विदेशी कन्सल्टिङ फर्महरु मार्फत् गराएको मेलम्ची खाने पानीलाई हेर्दा ‘तस्वीर आफैं बोल्छ’ भन्ने अवस्था सिर्जना भएको छ ।

उक्त चिनियाँ कम्पनीले दिएको कुनै पनि ड्रइङ वा डिजाइनको अन्तिम अनुमोदन इआरएमसीले नगरी साइटका कुनै पनि काम अघि नबढ्ने हैसियत राख्दछ 

पछिल्ला दिनमा नेपालमा अब्बल हुँदै गएको निजी क्षेत्र, त्यसमा पनि परामर्शदाता इन्जिनियरिङ सेक्टरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पूर्व पश्चिम रेल–वे निर्माणमा समेत अब्बल नेतृत्व प्रदान गरिरहेको त्यो परामर्शदाता निकाय हो इआरएमसी ।

इआरएमसी अर्थात् ‘इन्भायोर्मेन्ट रिसोर्स मेनेज्मेन्ट कम्पनी’, जसले कन्स्ट्रक्सनको जिम्मा लिएको चाइनिज कम्पनी चाइना सिएएमसी इन्जिनियरिङसँगै काम गरिरहेको छ ।

उक्त चिनियाँ कम्पनीले दिएको कुनै पनि ड्रइङ वा डिजाइनको अन्तिम अनुमोदन इआरएमसीले नगरी साइटका कुनै पनि काम अघि नबढ्ने हैसियत राख्दछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण बिचको सम्झौता अनुसार इपिसी मोडलमा बन्ने यो अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘फोरडी’ मोडलको बन्नेछ ।

अवसर पाए भने नेपाली परामर्शदाता निकायहरुले यसरी ‘नमूना’ काम गर्न सक्छन् भन्ने काइदा यो विमानस्थलमा देखिएको छ ।

सम्भवतः पहिलो पटक राष्ट्रिय गौरवका आयोजनामा नेपाली कन्सल्टिङ फर्मको प्रत्यक्ष गाइडलाइन पाएको यो विमानस्थलले यदि ‘डेडलाइन’ भित्रै सम्पन्न भयो भने सरकारलाई निजी क्षेत्रको उपस्थितिले राम्रो जवाफ दिने अवस्था छ ।

‘विदेशी परामर्शदाता नभई ठूला प्रोजेक्ट बन्दैन भन्ने दिन गए’

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले बिहीबार यो विमानस्थलको स्थलगत अनुगमन गरे । सो क्रममा उनले दिएको प्रतिक्रियाले पनि यही सत्य पुष्टि गरेको छ ।

संघीय संसद्को अन्तर्राष्ट्रिय समिति अन्तर्गत पर्यटन विकास अध्ययन एवं अनुगमन समितिका संयोजकका हैसियतबाट नेता नेपालले बिहीबार निर्माणाधीन उक्त विमानस्थलको स्थलगत अनुगमन गरेका हुन् ।

उनले भने, ‘नेपालमा पनि अन्तर्राष्ट्रिय हैसिएतका परामर्शदातृ निकायहरु जन्मेका रहेछन् । गर्व लागेको छ । यो विमानस्थलको काम समयमै सकेर यसलाई पुष्टि गर्नुहोस् । हाम्रो साथ रहने छ ।’

साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र समितिका सदस्यहरु समेत लिएर पोखरा उत्रिएका नेपालले राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये कार्य प्रगति हेर्दा ‘आनन्द आउने साइट’ भनेर समेत प्रतिक्रिया दिएका थिए ।

कार्यस्थलमा आयोजना निर्देशक प्रदीप अधिकारीसँग कुरा गर्दै नेता नेपालले समय अगावै सम्पन्न गर्न शुभकामना समेत दिएका थिए ।

४ नम्बर प्रदेश उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयका मन्त्री, स्थानीय नेता, उद्यमीहरु समेत संलग्न उक्त अनुगमन भ्रमणमा नेता नेपालले अब अन्तर्राष्ट्रिय स्तरका गौरवका आयोजना सम्पन्न गर्न विदेशी परामर्शदाता गुहार्ने दिन सकिएको समेत प्रतिक्रिया दिएका थिए ।

उनले भने, ‘नेपालमा पनि अन्तर्राष्ट्रिय हैसिएतका परामर्शदातृ निकायहरु जन्मेका रहेछन् । गर्व लागेको छ । यो विमानस्थलको काम समयमै सकेर यसलाई पुष्टि गर्नुहोस् । हाम्रो साथ रहने छ ।’

उक्त टोलीलाई क्षेत्रीय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीले कामको प्रगति विवरणबारे जानकारी दिएका थिए । उनले तोकिएको लक्ष्य अनुसार काम गर्न आफूहरु लागिपरेको बताए ।

परामर्शदाताका तर्फबाट (इआरएमसी–एनट स्लेड जेभी) साइटमा रहेका इन्जिनियर कमल कार्कीले बताए अनुसार परामर्शदाता कम्पनी संलग्न भएको ६ महिना नबित्दै १७ प्रतिशत काम सम्पन्न भएको छ ।

जुन देशका सबै गौरवका आयोजनाहरुको उपलब्धिसँग तुलना गर्दा अब्बल हुन आउँछ ।

२०२१ जुलाइमा सक्ने लक्ष्य राखेर यो विमानस्थलको काम अघि बढिरहेको उनले बताए । विमानस्थलको काम दशैंको टिकाको दिन पनि नरोकिएबारे स्थानीय मिडियाहरुले समेत उल्लेख गरेका छन् ।

उनका अनुसार यतिबेला विष्फोटक पदार्थ ल्याउनेबारे समस्या देखिएको छ । यदि स्थानीय सरकार र अन्य राजनीतिक दलहरु पनि इमानदार भएर सहयोग गर्ने हो भने यो विमानस्थलले तोकिएको समय अगावै आफ्नो काम फत्ते गर्नेमा कुनै दुई मत छैन ।

 

...

शुक्रबार, १६ कात्तिक, ०७५

 

प्रतिक्रिया

Related