डोल्पामा जीप दुर्घटनाः १० जनाको मृत्यु, २ घाइते

निर्माण सञ्चार, डोल्पा। डोल्पाको ठूलीभेरी नगरपालिका– ९ मा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६११ नम्बरको जीप ठूलीभेरी–९ मा दुर्घटनामा परेको डोल्पाका प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिए ।

जीप कालागौँडादेखि १५० मिटर अगाडि दुर्घटनामा परेको हो ।

मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन् ।

घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको प्रहरी विष्टले बताए । घटनाको बाँकी विवरण आउन बाँकी छ ।

....


सोमबार, १९ कार्तिक २०७५

प्रतिक्रिया

Related