बाम नेता तुलाधरको अन्त्येष्टि

निर्माण सञ्चार, काठमाडौँ | पञ्चायत कालदेखि वाम नेताका रुपमा छवि बनाएका तर पछिल्ला दिनमा भने जातीय पहिचानवादी नेताका रुपमा चिनिएका पद्मरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ ।

उनको नेवारी परम्पराअनुसार सोमबार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो ।

तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । उनको शवयात्रामा सयौँ मानिसहरुको उपस्थिती थियो ।

विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु समेतको सहभागिता थियो ।

तुलाधरको मष्तिस्कघातका कारण आइतबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

....


सोमबार, १९ कार्तिक २०७५

प्रतिक्रिया

Related