पहिलो चौमासिक नसकिदै अर्थमन्त्रीले भनेः ‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिदैन’

सेयर लगानीकर्तालाई नबुझीकन सेयरमा लगानी नगर्न आग्रह
निर्माण सञ्चार, काठमाडौँ | चालू आर्थिक वर्षको ८ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको लक्ष्य पूरा नहुने स्पष्ट भएको छ ।

अर्थमन्त्री डा युवाराजले नै चालु आर्थिक वर्षको लागि लिइएको आर्थिक वृद्धिको लक्ष्य भेट्न नसकिने स्वीकार गरिसकेका छन् ।

मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जले सुरु गरेको पूर्ण अनलाइन कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वर्षको पहिलो चौमासिक नसकिदै सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल पर्ने स्वीकार गरेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । तर, सार्वजनिक कार्यक्रममा अर्थमन्त्री आँफैले लिएको लक्ष्यसम्म पुग्न नपुगने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले तटष्थ रुपमा विश्लेषण गर्ने केहि संस्थाहरुले पनि ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने बताएको भन्दै ८ प्रतिशतको लक्ष्य भेट्न मुस्किल पर्ने दाबी गरे ।

उनले भने ‘औद्योगिक क्षमता तथा बैंकिङ क्षेत्रको मूनाफाको अवस्था राम्रो भएकाले मुलुकको अर्थतन्त्रमा राम्रै असर गर्नेछ ।’

अर्थमन्त्री खतिवडाले सेयर लगानीकर्ताहरुलाई नबुझीकन सेयरमा लगानी नगर्न समेत अनुरोध गरे ।

...

मंगलबार, २० कार्तिक २०७५

प्रतिक्रिया

Related