सेयर बजार गयो अनलाइन सिस्टमा: कसरी गर्ने कारोबार ?

कस्तो हो अनलाइन ट्रेडिङ सिस्टम ?
निर्माण सञ्चार, काठमाडौं | आजबाट सेयर बजार अनलाइन सिस्टममा गएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेसँगै अनलाइन सिस्टम सुरु भएको हो ।

अनलाइन सिस्टमको उद्घाटन कार्यक्रममा नेपाल स्टक एक्सचेन्जले नेपालको पुँजी बजारलाई विश्वस्तरीय बनाउन अनलाइन सिस्टममा लगिएको बतायो ।

कस्तो हो अनलाइन ट्रेडिङ सिस्टम ?

अनलाइन ट्रेडिङ सिस्टम इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयमले विभिन्न सेयर खरिद बिक्री आदेश दिएर कारोबार गर्न सकिने प्रणाली हो ।

सो प्रणालीमा कम्पनी सूचिकरण, सदस्य दलाल दर्ता, सुपरिवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालन लगायतका कार्यहरु पूर्णरुपमा स्वचालित छन् ।

छुट्टा–छुट्टै २० वटा मोडल र अन्य सहायक मोडल मिलेर एकिकृत रुपमा नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) को विकास गरिएको छ ।

अनलाइनबाट यसरी गर्ने कारोवार

इन्टरनेटको माध्यमबाट लगानीकर्ताले कारोबार गर्न सबैभन्दा पहिले ब्रोकर कार्यालयमा उपलब्ध रहेको केवाइसी फारम भुर्नुपर्छ ।

फारममा अनलाइन कारोबार रोजेकाले मात्र स्वयम कारोबार गर्न सक्छन् ।

अफलाइन खाता भएका लगानीकर्ताले भने ब्रोकरको माध्यमबाट मात्र कारोबार गर्न सक्छन् । कुनै व्यक्तिलेअनलाइनबाट कारोबार गर्न चाहेमा फारममा रहेको अनलाइन अप्सन छान्नुपर्नेछ ।

ब्रोकरले केवाइसी फर्म रुजु गरी टिएमएसमा लगानीकर्ताको खाता खोली युजर नेम र पासवर्ड लगानीकर्ताले उपलब्ध गराएको इमेलमा पठाउँछ ।

यसैगरी, प्राप्त भएको युजर नेमअनुसार पासवर्ड रिसेट गरी ब्रोकरले उपलब्ध गराएको लिमिट र यूआरएल प्रयोग गरी लगानीकर्ताले कारोबार गर्न सक्छन् ।

अंग्रेजीमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अर्थात कारोबार व्यवस्थापन प्रणाली भनेको ब्रोकर तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्र खरिद बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणालीनै कारोबार व्यवस्थापन प्रणाली हो ।

त्यसबाट ब्रोकरले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयको कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन लगायतको काम गर्न सक्छन् ।

लगानीकर्ताले अनलाइन कारोबार गर्न प्राप्त भएको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्छ र लिमिट अनुसारको कारोबार गनुपर्नेहुन्छ ।

...

मंगलबार, २० कार्तिक २०७५ 

प्रतिक्रिया

Related