महाकवि जन्मजयन्तीः वीरेन्द्र पुस्तकालयमा कविता वाचन

निर्माण सञ्चार, काठमाडौँ | लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ जन्मजयन्तीको अवसरमा चावहिलस्थित लामपोखरी विहार कुटुवहालमा रहेको वीरेन्द्र पुस्तकालयले कविता वाचन गरेको छ ।

महाकवि देवकोटोको स्मृतिमा कविता वाचन कार्यक्रम सम्पन्न गरेको पुस्तकालयले निर्माण सञ्चारलाई जानकारी दियो ।

नेपाली काँग्रेस नेता गगन थापा प्रमुख अतिथि रहेको सो कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकारहरु एपसी कोइराला, नवराज कट्टेल लगायत स्थानीय युवा बुद्धिजीवीहरुको समेत उपस्थिति थियो ।

बालबालिकाहरु समेत संलग्न कविता वाचन कार्यक्रममा कुटुबहाल नजिक रहेका विभिन्न कलेजका विद्यार्थीहरु समेत सहभागी रहेको आयोजकले बतायो ।

कार्यक्रममा नेता थापाले महाकवि देवकोटालाई सम्झने संस्कृति अझै विकास गर्दै लानु पर्ने बताए ।

आयोजक पुस्तकालय समितिले भने महाकवि देवकोटोको जन्मजयन्ती सहित स्थानीयमा दीपावली, नेपाल सम्बत, न्हुद्य भिन्तुना, छठ जस्ता पर्वहरुको समेत शुभकामना दिएको थियो ।

...

बुधबार, २१ कार्तिक २०७५

प्रतिक्रिया

Related