डा भट्टराई प्रधानमन्त्री ओलीको ‘विदेश मामिला सल्लाहकार’ !

निर्माण सञ्चार, काठमाडौं । आइतबार राति बसेको मन्त्रिपरिषद् वैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता डा राजन भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विदेश मामिला सल्लाहकार’ मा नियुक्ति गरेको छ ।

यस अघि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको प्रधानमन्त्री कालमा पनि डा भट्टराई विदेश मामिला सल्लाहकार नै थिए ।

नेपाल भारत सम्बन्धमा विशेष उचाइ लिएका डा भट्टराई विदेश नीति विज्ञका रुपमा चिनिन्छन् ।

भट्टराई नेपाल भारत सम्बन्धलाई नयाँ शिराबाट बहस सुरु भएसँगै १९५० को सन्धि सम्झौता पुनरावलोकन लगायत काम गर्न गठित नेपाल भारत प्रवुद्ध समूह (इपिजी) का समेत सदस्य रहेका छन् ।

अन्तर्राष्ट्रिय कूटनीति तथा सम्बन्धबारे दख्खल भएका भट्टराईले दिल्लीस्थित जबाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) बाट विद्यावारिधि गरेका हुन् ।

काठमाडौंको कपन (क्षेत्र नम्बर ४) लाई आफ्नो राजनीतिक थलोका रुपमा विकास गर्न लागिपरेका डा भट्टराई हिजो आज यस क्षेत्रको भौतिक विकासका लागि समेत लागिपरिरहेका देखिन्छन् । उनी पूर्व सांसद समेत हुन् ।

 

 

 

...

सोमबार २६, कात्तिक, ०७५

 

प्रतिक्रिया

Related