स्केफको २८ औँ वार्षिक उत्सवः कस्ता विषयमा हुँदैछ छलफल ?

मन्त्री पुनबाट उद्घाटनः मंगलबार विहान ९ बजे होटल हिमालयनमा (कार्यक्रमको कार्यतालिका सहित)
निर्माण सञ्चार, काठमाडौं | सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्केफ) को २८ औँ वार्षिक उत्सव विशेष समारोहका बीच मंगलबार उद्घाटन हुने भएको छ ।

स्केफले दिएको जानकारी अनुसार परियोजना पर्फमेन्समा केन्द्रित बहस सहित मनाइने उक्त कार्यक्रम ललितपुर कोपुण्डोलस्थित होटल हिमालयमा  बिहान ९ बजेबाट सुरु हुुने भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले गर्ने छन् 

२८ औँ वार्षिकउत्सवमा विशेषगरी भौतिक पूर्वाधारमा कन्सल्ट्यान्टको कार्यक्षमता कमजोर हुँदा पूर्वाधार विकासका  कामले तीव्रता नपाएको भन्ने टिप्पणी जताततैबाट आइरहेको अवस्थामा अबको स्केफ कसरी अगाडि बढ्ने, स्केफको भूमिका कस्तो रहने, परियोजनाका काम कसरी वृद्धि गर्ने लगायतका विषयमा अन्तरक्रिया गरिने महासचिव कृष्णप्रसाद सापकोटाले बताए ।

‘कन्स्ट्रक्सन ब्रेन’का रुपमा पूर्वाधार विकासको नेतृत्व गरिरहेका कन्सिल्टिङ एजेन्सीहरुले अबको बाटो कस्तो लिने छन् भन्ने यतिबेला आमचासोको विषय रहेको छ

कन्सल्ट्यान्टहरु मात्रै नभएर निर्माण क्षेत्रमा संलग्न सम्पूर्ण अन्य निजी क्षेत्रसहित सरकार एकआपसमा कसरी अन्तरसम्बन्धित भएर देश निर्माणमा अगाडि बढ्ने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहने महासचिव सापकोटाको भनाइ छ ।

यता स्केफका अध्यक्ष राजेश थापाले पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका अपरिहार्य रहेकोमा कसैको दुई मत हुन नसक्ने बताए ।

पूर्वाधार विकासका हरेक क्षेत्रमा संलग्न रहने निजी क्षेत्रहरु सबैले आफ्ना हिजोका कार्यशैली तथा सोच्ने तरिका र प्रविधिमा समेत आफूलाई रुपान्तरण गरेर अघि बढ्नु पर्ने बेला आएको भन्दै अध्यक्ष थापाले कार्यक्रममा सोही विषयमा केन्द्रीत रहेर छलफल गरिने बताए ।

 
‘कन्स्ट्रक्सन ब्रेन’का रुपमा पूर्वाधार विकासको नेतृत्व गरिरहेका कन्सिल्टिङ एजेन्सीहरुले अबको बाटो कस्तो लिने छन् भन्ने यतिबेला आमचासोको विषय रहेको छ ।
 

कार्यक्रम कार्यतालिका

हेरौं यो पनि 

स्काफ अर्थात् ‘कन्स्ट्रक्सन-ब्रेन’ को २७ औं वार्षिक उत्सव– ‘ऐतिहासिक बनाउने तयारी’, ‘थ्री–सी’ लाई नयाँ आयामबाट हेरिने

तस्वीरमा स्काफको २७ औं वार्षिकोत्सव– ‘थ्री–सी’ र गुणस्तरीय पूर्वाधार निर्माणका लागि बहस बन्यो ‘अद्वितीय’ संगम

 

...

सोमबार, ३ मंसिर ०७५ 

प्रतिक्रिया

Related