स्केफको २८ औँ वार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

स्केफको पुरस्कारमा विविधिकरणः आर्किटेक्ट र सिभिल तर्फका इन्जिनियर युवालाई अवार्ड
निर्माण सञ्चार, काठमाडौँ | सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस्  (स्केफ) को २८ औँ वार्षिक उत्सव विशेष समारोहका बीच मंगलबार सम्पन्न भएको छ ।

परियोजना पर्फमेन्समा केन्द्रित बहस सहित मनाइएको उक्त कार्यक्रम ललितपुर कोपुण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले गरेका थिए ।

२८ औँ वार्षिकउत्सवमा विशेषगरी भौतिक पूर्वाधारमा कन्सल्ट्यान्टको कार्यक्षमता कमजोर हुँदा पूर्वाधार विकासका कामले तीव्रता नपाएको भन्ने टिप्पणी जताततैबाट आइरहेको अवस्थामा अबको स्केफ कसरी अगाडि बढ्ने, स्केफको भूमिका कस्तो रहने, परियोजनाका काम कसरी वृद्धि गर्ने लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

प्रमुख अतिथि मन्त्री पुनले अब समृद्धि र विकासको मात्रै बहस गर्नुपर्ने भन्दै सबैले एकअर्कामा दोषारोपण नगरी देश निर्माणमा होमिनुपर्ने बताए ।

कन्स्ट्रक्सन ब्रेनका रुपमा लिइने इन्जिनियरिङ तथा परामर्श क्षेत्रको मानटरिङ गर्ने ऐन प्रक्रिया अघि बढेकै १० वर्ष बित्न लाग्दा समेत नबन्नुले सरोकारवालाहरु भने आश्चर्यचकित छन् 

यसका लागि क्लाइन्ट, कन्सल्ट्यान्ट र कन्ट्र्याक्टरको कार्यशैली र नेतृत्व राम्रो र दरो हुनपर्ने उनको दाबी थियो ।

मन्त्री पुनले आफ्नो र आफ्नो मन्त्रालयको तर्फबाट स्केफ र सम्पूर्ण कन्सल्ट्यान्टका लागि आफूले गर्नुपर्ने सहयोग गर्ने बताउँदै  सँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा स्केफका महासचिव कृष्णप्रसाद सापकोटाले इन्जिनियरिङ स्टाफ कलेजको निर्माण र कन्सल्टिङ क्षेत्र मोनिटरिङ गर्ने ऐन  तत्काल पारित गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कन्स्ट्रक्सन ब्रेनका रुपमा लिइने इन्जिनियरिङ तथा परामर्श क्षेत्रको मानटरिङ गर्ने ऐन प्रक्रिया अघि बढेकै १० वर्ष बित्न लाग्दा समेत नबन्नुले सरोकारवालाहरु भने आश्चर्यचकित छन् ।

यसले पूर्वाधार निर्माण मार्फत् समृद्धि हासिल गर्ने दिशामा सरकार उदासीन रहेको पुष्टि हुने सरोकारवालाहरुको आरोप छ ।

यससँगै विभिन्न नीजि क्षेत्रका आर्किटेक, सिभिल इन्जिनियर लगायतले इन्जिनियरिङ क्षेत्रमा रहेका समस्या, चुनौति र समाधानका विषयमा बहस समेत गरेका थिए ।

स्केफद्वारा अवार्ड वितरण

आफ्नो २८ औँ वार्षिकोत्सवका अवसरमा नै स्केफले ८ विशिष्ट इन्जिनियरहरुलाई अवार्ड वितरण गरेको छ ।

विभिन्न विधाका इन्जिनयरहरुलाई पुरस्कार प्रदान गरेको स्केफले यसपटकको अवार्डमा विविधिकरण गरेको जानकारी दियो ।

आर्किटेक्ट र सिभिल तर्फका ९ इन्जिनियर युवालाई अवार्ड वितरण गरिएको हो ।

जसअन्तर्गत स्केफले महिला आर्किटेक्ट तर्फ रजिना श्रेष्ठ र पुरुष आर्किटेक्ट तर्फ विष्णुलाल श्रेष्ठलाई प्रमाणपत्र सहित ७५/७५ हजारका चेक हस्तान्तरण गरेको थिए भने बाँकी ७ जनालाई प्रमाणपत्र अवार्डस्वरुप प्रदान गरिएको थियो ।

पुरस्कार छनोटका लागि ‘जुरी’ समेत गठन गरी योग्यतमहरुबाट प्रतिस्पर्धाका आधारमा पुरस्कृतहरुको छनोट गरिएको स्केफ अध्यक्ष थापाले जानकारी दिए ।

स्केफले यस अघिको ट्रेन्डलाई विविधीकरण गर्दै यसपटक सिभिल तथा आर्किटेक्चरल इन्जिनियरहरुलाई पुरस्कृत गरेको हो ।

 हरेक वर्ष प्रदान गर्दै आएको केशवमान अमात्य युवा इन्जिनियर पुरस्कार मार्फत् स्केफले आफ्नो क्षेत्रमा देखिएका नवप्रतिभा तथा लामो समय योगदान दिने व्यक्ति तथा फर्महरुलाई सम्मान गर्दै आएको छ ।

 
पुरस्कार वितरणमा अमात्य पत्नी सहित उनको परिवार पनि संलग्न थियो । 

अवार्ड स्केफका अध्यक्ष राजेश थापा र सार्वजनिक खरिद अनुगमन कार्यलयका सचिव मधुप्रसाद रेग्मिले प्रदान गरेका थिए ।

स्केफले नेपाल इन्जिनियरिङ काउन्सिल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भवन विभाग, सडक विभाग, सिँचाइ जस्ता सरकारी निकाय र निजी क्षेत्रलाई समेत सहभागी गराउँदै कार्यक्रम गर्दै आइरहेको छ ।

 

पढौं यो पनि 

 

 

...

बुधबार ४ मंसिर २०७५ 

प्रतिक्रिया

Related