दशकौपछि जोडियो सिङ्गो कर्णाली सडक संजालमा !

११ वर्षपछि पुरा भयो सपनाः आगनमै गाडी पुगेपछि मख्ख डोल्पाली
निर्माण सञ्चार, कर्णाली | बल्ल कर्णालीका दुरदराजमा बस्ने व्यक्तिका गाडी चड्ने सपना पुरा भएको छ । भौगोलिक विकटताले पछि परेको कर्णालीमा बल्ल सडक विकाससँगै समृद्धि छाएको छ ।

हुन त कर्णालीका जुम्ला र कालिकोटमा २०६१ बाटै यातायात संचालन भएको थियो ।

तर, बाँकी ३ जिल्ला मुगु, हुम्ला र डोल्पामा भने एक दशक भन्दा बढीको समय अवधिमा क्रमिक रुपमा सडक विस्तार भएको हो ।

यहाँका सम्भावनालाई बजारीकरण गर्न तथा आर्थिक समृद्धिका लगि कर्णालीमा सडक आवश्यकता थियो । जो अहिले पुरा भएको छ ।

नाग्म देखि मुगु गमगडी सम्मको ९४ किलोमिटर सडक २ वर्ष पहिले बाट मात्रै संचालनमा आयो । तर, धेरै राजनीतिक फेर बदल भएपनि, कर्णालीबासीका गाडी चढ्ने सपना पुर्ण रुपमा साकार भएको थिएन ।

२०६४ देखि ७२ सम्मका विभिन्न सरकारले कर्णालीका हुम्ला र डोल्पामा सडक संजाल जोड्ने र कर्णाली राजमार्ग स्तरउन्नतीको योजना मात्रै ल्याए । दुख भने टरेका थिएनन् । तर स्थानीय सरकार आएको झण्डै २ वर्ष पुग्न लाग्दा कर्णालीमा सडक समृद्धी देखिएको छ ।

सडक संजालसंग जोडिन बाँकी हुम्ला पनि केही समय अघि जोडियो ।

भर्खर मात्र राष्ट्यि सडक संजालमा जोडियो डोल्पा झण्डै एक दशक पछि डोल्पामा सडक पुगे संगै साविकको सिङ्गो कर्णाली क्षेत्र राष्ट्रिय सडक संजालमा जोडिएको छ ।

‘अब कर्णाली राज्यबाट उपेक्षित हुँदैन’, जुम्लाका नागरिक अगुवा राज बहादुर महतले भने, ‘यातायात संचालनले कर्णालीबाट निर्यात बढ्ने आशा छ ।’

सिङ्गो कर्णाली दशकौ पछि सडक संजालमा जोडिनु खुसीको विषय भएको उल्लेख गरे ।

सडक पुग्दा डोल्पाली मख्ख

एघार वर्षपछि डोल्पाबासीको गाडी चड्ने सपना साकार भएको छ । गाडी चड्ने सपना मात्रै देखेका, तर विश्वास नगरेका डोल्पालीको आगनमै गाडी पुगेपछि खुसीले मख्ख परेका छन् ।

कर्णाली प्रदेशको डोल्पा मंगलबारदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै एघार वर्षपछि डोल्पालीको गाडी चढ्ने सपना साकार भएको हो ।

मंगबार औपचारिक कार्यक्रमका बीच उपप्रधानमन्त्री इश्वर पोखरलले उद्घाटन गरे । अब डोल्पाली जनताले दैनिक गाडी चड्न पाउने छन् ।

साथै कृषि उत्पादनको निर्यात तथा बजारी करणमा सहजता आउने आशा गरेका छन् ।

जाजरकोटदेखि डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका–५ छलगाडसम्मको ट्रयाक खुलेसँगै डोल्पा सडक सञ्जालमा जोडिएको हो ।

जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले दिएको जानकारी अनुसार केन्द्र सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल र प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संयुक्त रुपमा सडकको औपचारिक उद्घाटन गरेका हुन् ।

सडकको उद्घाटनसँगै डोल्पाबासीको ११ वर्षदेखिको सपना पुरा भएको छ । आजभन्दा करिब ११ वर्षअघि दुनैलाई सडक यातायातले जोड्ने योजना सरकारले ल्याएको थियो ।

शान्ति प्रक्रिया सुरु भएसँगै सडकको सर्वे गरेपछि २०६५ सालमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको हो ।

सेनाले निर्माण कार्य थालेको सुरुवातमै यो सडक खण्डमा विवादमा मुछिएको थियो। ट्रयाक जाजरकोट हुँदै खोल्ने कि रुकुमबाट भन्ने विवाद भएपछि (२०६५–०६६ सम्म) दुईवर्ष सडक निर्माण अवरुद्ध थियो ।

अन्तः पहिलेको सर्वेलाई खारेज गर्दै तीनै वटा जिल्लालाई छुनेगरी राष्ट्रिय योजना आयोगले नयाँ रेखाङ्कन र्कोयो ।

सहमतिपछि भेरी नदीको वारीपारी गर्दै २०७६ सालदेखि सेनाले ट्रयाक खोल्न सुरु गरेको हो। जाजरकोट–डोल्पा सडक खण्डको १ सय १८ किलोमिटर मध्ये जाजरकोट क्षेत्रमा ४६.७ रुकुम क्षेत्रमा ३०.५ र खदाङदेखि ४०.५ किलोमिटर डोल्पा जिल्लामा पर्दछ ।

सडकको आज उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्धघाटने गर्नेछन् । सडकको उद्घाटन गरेपनि प्रदेशको राजधानी सुर्खेतसँग जोडिन अझै केही वर्ष लाग्ने छ ।

सडक निर्माण दलका प्रमुख सेनानी पहाडीका अनुसार भेरी नदी र खोलामा पुल नबन्दासम्म सुर्खेत/डोल्पा वस सेवा सञ्चालन हुन छैन । 

सिधा बस सेवाका लागि नदी र खोलामागरी दर्शनबढी ठाउँमा पुल निर्माण गर्नुपर्नेछ । अहिलेसम्म भेरी नदीका २ वटा ठाउँमा मात्रै पुल निर्माण सम्पन्न भएका छन्।

अझै नदीमा ३ ठाउँमा पुल निर्माण गर्नुपर्नेछ। त्यस्तै विभिन्न खोलाका दश ठाउँमा पुल निर्माण गर्नुपर्नेछ । नदी र खोलामा पुलहरु निर्माण नहुँदा ठाउँठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

सेनाले ज्यानको बाजी थापेर ट्रयाक खोलेको सडकमा कालोपत्रे र पुलहरु निर्माण गरी डोल्पावासीको समृद्धिको यात्रा सुरु गर्नुपर्ने प्रमुख पहाडीको भनाई छ ।

सडक पूर्णरुपमा सञ्चालनमा आएपछि डोल्पावासीलाई चीन र भारतका सीमासम्म आउजाउ गर्न सहज हुनेछ ।

भेरी करिडोर नाम दिइएको यही सडकलेनै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको मोरिम्ला भञ्ज्याङ र दक्षिणमा भारतसँगको रूपैडिहा नाका जोड्नेछ ।

जाजरकोट/डोल्पा सडक खण्डको १ सय १८ किलो मिटरमध्ये डोल्पाको त्रिवेणीसम्म दुई वर्ष अघिदेखि नै गाडी सञ्चालन हुँदै आएका छन् ।

त्यस खण्डमा ०७३ भदौै २३ गते तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सडक विभागलाई हस्तान्तरण गरेका थिए ।

हुम्ला जिल्लाभित्र भने साना सवारी साधनहरु संचालनरत अवस्थामा रहेका छन् । त्यसैगरी, मध्यपहाडी लोकमार्गबाट सडक पुग्ने क्रममा छ । तर हुम्लामा, साना सवारी जिल्लाभरु चलेका छन् ।

कर्णाली प्रदेश निर्माण संवाददाता सागर परियार

...

बुधबार ४ मंसिर २०७५ 

प्रतिक्रिया

Related