भित्रिए हालसम्मकै बढी पर्यटक, कुन मलुकबाट कति ? (इन्फोग्राफिक्ससहित)

गत वर्षको तुलनामा १६.५ प्रतिशतले वृद्धि, हालसम्म कति आए ?
निर्माण सञ्चार, काठमाडौँ | मुलकमा यस वर्ष हालसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टोबरसम्म आठ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपालमा भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा सात लाख ५७ हजार चार सय ४८ पर्यटक मात्रै भित्रिएका थिए । गत वर्षको यसै अवधिको तुलनामा उक्त संख्या १६ दशमलव ५ प्रतिशत बढी रहेको छ ।

अक्टोबरमा यस वर्षकै धेरै एक लाख नौ हजार सात सय ३३ पर्यटक नेपाल भ्रमण गर्न आएका अध्यागमन विभागले जानकारी दियो ।

सन् २०१७ मा पर्यटक आगमन १० लाख पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको अनुमान थियो । तर, सो समयमा नौ लाख ४० हजार दुई सय १८ मात्र पर्यटक भित्रिएका थिए ।

जसमध्ये सबैभन्दा बढी भारतबाट पर्यटक आएका छन् । त्यसपछि चीनबाट धैरै भित्रिएका छन् ।

विभागका अनुसार सन् २०१८ को १० महिनामा भारतबाट एक लाख ६१ हजार नौ सय ६३ पर्यटक नेपाल भित्रिएका छन् ।

यो १० महिनाको अवधिमा चीनबाट एक लाख २१ हजार चार सय १८ पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी भन्छन्, ‘पछिल्लो समय चिनियाँ पर्यटकको संख्या विश्वभर बढिरहेको छ, सोही सन्दर्भमा नेपालले झन् धेरै चिनियाँ पर्यटक भित्र्याउन पहल गरिरहेको छ ।’

त्यसैगरी, सन् २०१८ को अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाबाट ७३ हजार ६ सय ७७ र बेलायतबाट ५० हजार एक सय ६१ पर्यटक नेपाल भित्रिएका छन् ।

दक्षिण एसियाली मुलुक श्रीलंका र बंगलादेशबाट आउने पर्यटकको संख्या पनि बढ्दो क्रममा रहेको विभाग बताउँछ ।

यस अवधिमा श्रीलंकाबाट ४६ हजार २८० र बंगाली नागरिक २१ हजार एक सय १० ले नेपाल भित्रिएका छन् ।

त्यस्तै, युरोपेली देश जर्मनीबाट ३० हजार ८६ र फ्रान्सबाट २५ हजार पाँच सय १८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

दक्षिण कोरियाबाट पनि २७ हजार ६ सय ९० पर्यटक नेपाल घुम्न आएका छन् भने जापानबाट १२ हजार एक सय १० पर्यटकले भ्रमण गरेका छन् ।

साथै थाइल्यान्डबाट २७ हजार चार सय ५९ पर्यटक नेपाल भित्रिएका छन् ।

त्यसैगरी, मलेसिया, स्पेन, इटली, क्यानडा र नेदरल्यान्ड्सबाट १० हजारभन्दा बढी पर्यटक आएका विभागको दाबी छ ।

 हेरौँ इन्फोग्राफिक्स

 

 

...

बिहीबार ६ मंसिर २०७५ 

प्रतिक्रिया

Related