इफाप्काको ४४ औं सम्मेलनमा भाग लिन महासंघ टोली मलेसियामा

निर्माण क्षेत्रमा देखा परेका चुनौति र समाधानका बारेमा कार्यपत्र प्रस्तुत गरिने
निर्माण सञ्चार, काठमाडौँ | मलेसियामा हुने एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।

मलेसियाको राजधानी क्वालालामपुरमा हुने सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको हो ।

सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधिमण्डललाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पा, कोषाध्यक्ष हिरण श्रेष्ठ सहित महासंघ सचिवालयको टोलीले विदाई गरेको थियो ।

सम्मेलनमा निर्माण क्षेत्रमा देखा परेका चुनौति र समाधानका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको इफाप्काले जनाएको छ ।

इफाप्का सदस्यहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि सम्मेलनका क्रममा छलफल हुने बताइएको छ । सोमबारबाट सुरु भएको सम्मेलन चार दिन सम्म चल्नेछ ।

नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ ।

...

मंगलबार २७ कार्तिक २०७५ 

प्रतिक्रिया

Related