विश्व बैंकसँग १५ करोड डलर सम्झैताः सहयोगको १३ करोड रणनीतिक सडक सुधारमा प्रयोग हुने

दुई परियोजनाको स्तरोन्नितः कस्ता कार्यक्रम सञ्चालन हुँदै ?
निर्माण सञ्चार, काठमाडौँ | १२ हजार ८ सय ९८ किलोमिटर रणनीतिक सडक सञ्जाल भएको नेपालले सोही सडक स्तोरोन्नतिका लागि भन्दै विश्व बैंकसँग १५ करोड ५७ लाख अमेरिकी डलर सम्झौता गरेको छ ।

विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष हार्टविग साफर र अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित विशेष कार्यक्रममा अर्थसचिव राजन खनाल र विश्व बैंकका राष्ट्रिय निर्देशक चिमिआओ फानले सम्झैतामा हस्ताक्षर गरेका हुन् ।

विश्व बैंकको सहयोगबाट हजारौं नेपालीको जिवनशैलीमा सुधार आउने भन्दै अर्थमन्त्री डा. खतिवडाले सफर्क सञ्जाल विस्तार र व्यापारका लागि मार्गप्रशस्त हुने बताए ।

मन्त्री खतिवडाका अनुसार विश्व वैंकको सहयोग रकममध्ये १३ करोड ३० लाख डलर रणनीतिक सडक सञ्जाल सुधारमा प्रयोग गरिनेछ भने बाँकी दुई करोड २७ लाख निर्माण र खाद्य तथा पोषण परियोजना सञ्चालन गर्न सम्झौता गरिएको छ ।

दोस्रो परियोजना अनुदान सहयोगमा

विश्व वैंकसँग अर्को परियोजनाका लागि पनि सम्झौता भएको छ ।

संघीय प्रणालीमा सरकारले कृषि प्रसार सेवा प्रवाह गर्ने क्षमता विकास गर्नका लागि उक्त सहयोगले मद्दत गर्ने विश्वास लिइएको छ । तर, यो दोस्रो परियोजना अनुदान सहयोगमा संचालन हुन लागेको हो ।

उक्त परियोजना विकासका लागि भने विश्व बैंकको दुई करोड २७ लाख अमेरिकी डलर सहयोग परिचालन हुने बताइएको छ ।

पहिलो परियोजना अन्तर्गत के–के ?

विश्व बैंकको अनुदान सहयोगको रणनीतिक सडक सञ्जाल अन्तर्गतको चार सय ७७ पुल मर्मत तथा स्तरोन्नति गर्ने काम पहिलो परियोजना रहेको छ ।

ती पुलमध्ये ९० पुलको स्तोरोन्नती गरी सडक सुरक्षाको सुनिश्चितता गरिने बताइएको छ । त्यसैगरी, एक सय ८० पुलमा सवारी दुर्घटना न्यन गर्ने आवश्यक उपकरण, बारको प्रयोग गरिने भएको छ ।

त्यसैगरी, ८० वटा दुई लेन र ३५ चार लेनका पुल प्रतिस्थापन नै गरिने भएको छ ।

यसबाहेक, यो परियोजनाअन्तर्गत सडक विभागलाई ९२ वटा पुल निर्माण गरी सडक सञ्जालको पहुँच सुधार गर्न मद्दत पुग्नेछ।

दोस्रो परियोजना अन्तर्गत यी कार्यक्रम

अनुदान सहयोगको दोस्रो परियोजना अन्तर्गत भने बहु–दातृ सहयोगको विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

उक्त कार्यक्रमले ६५ हजार व्यक्तिको स्वास्थ्य तथा दैनिक जिविकोपार्जनमा सुधार ल्याइने बताइएको छ । उक्त परियोजनाले साना र सीमान्तकृत किसान समुदायको कृषि आम्दानी वृद्धि गरी पोषणयुक्त खानपानको बानी बसाउने विश्वास लिइएको छ ।

...

बिहीबार, २९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related